ताजा खबर

चिल्ड्रेन नेपालमा वृति परामर्श कार्यक्रम सम्पन्न

अनुप पौडेल 
२८ पौष,पोखरा 
पोखरा लेखनाथ महानगरपालिका वडा न.७ मासबार स्थित चिल्ड्रेन नेपालमा वृति परामर्श(करिअर काउन्शिलिङ्ग ट्रेनिङ्ग वर्कशप) कार्यक्रम सम्पन्न भएको छ ।चिल्ड्रेन नेपाल अन्तर्गतको बालबालिका र परिवार शाखाको आयोजनामा पौष २७ र २८ गते गरि दुइ दिने परामर्श कार्यक्रम सम्पन्न भएको हो ।उक्त परामर्श कार्यक्रममा चिल्ड्रेन नेपालले सहयोग गरेका छोरेपाटन मा.वि,जनप्रिय मा.वि,बाराही मा.वि लगायतका बिधालयका २० जना बालबालिका सहभागी थिए । 
कार्यक्रमका सह-संयोजक रमेश सुवेदीका अनुसार बालबालिकाका निम्ति उनीहरुको खुबी र रुचि अनुसारको शिक्षा,तालिम रोज्न,आफ्नो भविष्यको बारेमा आइपर्ने बाधा /अप्ठ्यारा पत्ता लगाई लक्ष्यमा पुग्नको लागि विकल्पहरु पहिचान गर्न,एक आपसमा घुलमिल हुने अवसर सिर्जना गर्न उक्त कार्यक्रमले सहयोग पुग्ने उद्देशय रहेको जानकारी दिनुभयो ।त्यस्तै लक्ष्य के हो ? कसरि पुग्ने ?आफ्नो लक्ष्य पुरा गर्न आइपर्ने समस्या के-के छन् ?त्यो लक्ष्य पुरा गर्न १,३ र ६ महिनामा के गर्न सकिन्छ,१ वर्षमा र २ बर्ष मा के गर्न सकिन्छ,आफ्नो लक्ष्य अनुसार कुन बिषय अध्ययन गर्ने,बालबालिकाका लागि अभिभावकको दायित्व,चिल्ड्रेन नेपालको दायित्व त्यस्तै बालबालिका आफु स्वयम्लको दायित्व के छ लगायतका बिषयमा छलफल भएको बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले बताउनु भयो ।
चिल्ड्रेन नेपाल बि.स २०५२ सालबाट बालबालिकाको क्षेत्रमा कार्यरत संस्था हो जसले ४०० जना बालबालिकाको शैक्षिक विकासका लागि सहयोग गर्दै आइरहनुका साथै जीवनउपयोगी तालिम पनि समय समयमा दिने गर्दछ ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal