समाजवादको मार्ग नै सहकारी हो ः चुमान 

पोखरा, ३ आश्विन 
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरी बहादुर चुमानले समाजवादको वास्तविक मार्ग नै सहकारी भएको वताएका छन । पोखरामा रहेको जागरण कृषि सहकारी संस्थाको पहिलो वार्षिक साधरण सभाको उदघाटन गर्दै उक्त भनाई राखेका हुन । 
मन्त्री चुमानले पुँजीवादले उत्पादन गरेपनि समान वितरण र सामाजिक न्यायको मुद्धालाई समधान गर्न नसकेकोले असफलता तर्फ उन्मुख भएको भन्दै प्रचुर उत्पादन पछि मात्रै वितरणको विषय जोडिने भएकोले समाजवादको लागि सहकारी बलियो आधार रहेको बताए । समाजमा उत्पादन वढाएर मात्रै संमृद्धि सम्भव रहेको मन्त्रीको ठम्याई रहेको छ । सहकारीलाई प्रत्यक्ष रुपमा उत्पादनसंग जोडिन आवश्यक रहेको चुमानको जोड रहेको छ । गण्डकी प्रदेशमा सञ्चालनमा रहेका सहकारीको पँुजी झण्डै ६५ अर्वको रहेको भन्दै चुमानले प्रदेश सरकारले त्यो पुँजीलाई सहि ढंगले परिचालन गर्न सकेमा सरकारको लक्ष्य प्राप्तीमा सहयोगी वन्ने धारणा व्यक्त गरे । समाजमा रहेका सहकारीले सहकारीका ७ सिद्धान्तलाई आत्मसाथ गरेमा मात्रै पनि हरेक सहकारी सफल हुनेमा उनले विश्वास व्यक्त गरे । 
राष्ट्रिय परिक्षा वोर्डका सदस्य तथा अधिवक्ता युवराज पराजुलीले सहकारी उत्पादनसंग जोडिनुपर्नेमा जोड दिए । कृषी प्रधान देशको रुपमा परिचित नेपालमा उत्पानन पक्ष नै कमजोर हुँदा जनताको आर्थिक अवस्थामा सुधार आउन नसकेको पराजुलीले वताए । पराजुलीले गण्डकी प्रदेशमा पेश भएको सहकारी विद्ययेक सहकारी सदस्यमैत्री तथा सहकारी मैत्री हुनुपर्नेमा जोड दिए । काभ्रेमा ५० पैशावाट सुरुवात भएको महिला सहकारी राष्ट्रकै नमूना सहकारी भएको सन्र्दभ जोड्दै पराजुलीले उच्च अनुशासन र आर्थिक पारदर्शिता सहित अगाडी वढेमा सहकारीको भविष्य उज्जल रहेको दावी गरे । 
मौरिपालक महासंघ गण्डकी प्रदेशका सदस्य तथा पञ्चासे मौरीपालन तथा मौरी पर्यटनका सञ्चालक जीवनाथ लामिछानेले कृषी सहकारी उत्पादनसंग जोडिनुपर्ने भएपनि जागरण कृषी मौरीपालनसंग जोडिनु सुखद रहेको वताए । मौरीको अस्तित्व र प्राणी जातीको अस्तित्व एकअर्कासंग जोडिएको तथ्य उजागर गर्दै लामिछानेले मानव जीवनको लागि उपयोगी मौरी पालन तर्फ लाग्नुपर्नेमा जोड दिए । पोखरा तथा आसपासको क्षेत्र मौरी पालनको लागि उर्भर भूमी रहेको भन्दै उनले मौरी पालनको लागि गुणस्तरिय रानी, गुणस्तरिय मौरी र गुणस्तरिय स्याहार सुसार आवश्यक पर्ने वताए । 
एक घर एक घारको नीति अंगिकार गरी सहकारी सञ्चालन गरेको सहकारीका अध्यक्ष अर्जुन कुमार लामिछानेले बताए । चालु आर्थिक वर्षमा सहकारीले कौषी खेतीमा समेत जोड दिने योजना रहेको अध्यक्ष लामिछानेले जानकारी गराए । साधरण सभाको अवसरमा २०७४ सालको एस ई ई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याई उर्तिण गर्ने शेयर सदस्यका १ जना छात्र र १ जना छात्रालाई सम्मान गरिएको थियो । २९९ शेयर सदस्य रहेको सहकारीको प्रथम साधरण सभाको सञ्चालन सचिव जयराम पौडेल, स्वागत उपाध्यक्ष देवी कुमारी थापा र सहसचिव भगवती रेग्मी बरालले सहकारीका सिद्धान्त पाठ गरेका थिए । साधरणस सभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको सचिव जयराम पौडेलले जानकारी गराए । 
 

प्रतिकृया दिनुहोस

समाजवादको मार्ग नै सहकारी हो ः चुमान 

हेमजा, २२ मंसिर पोखरा महानगरपालिका वडा न. २५ हेमजामा रहेको हेमजा भू.पू.सैनिक कृषि सहकारी सस्था लि.को दोस्रो अधिबेशन तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न

समाजवादको मार्ग नै सहकारी हो ः चुमान 

  पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेश समितिको आयोजना तथा कास्की जिल्लाको व्यवस्थापनमा भूमि अधिकार सम्बन्धि तिनदिने प्रशिक्षण

समाजवादको मार्ग नै सहकारी हो ः चुमान 

हेमजा भु.पु  सैनिकको साधारण सभा सम्पन्न गोबिन्द तिमिल्सिना हेमजा, ५ असोज पोखरा महानगरपालिका वडा न. २५ हेमजामा स्थित हेमजा भु.पु  सैनिक कषि सहकारी