ताजा खबर

मधुमेह तथा थाइराइडसम्बन्धी निःशुल्क शिविर ,४ सयको निःशुल्क जाँच

 
पोखरा, २२ पुस
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल० र नेवाः मिसा पुचः पृथ्वीचोक, पोखराको संयुक्त आयोजनामा शनिबार मधुमेह तथा थाइराइडसम्बन्धी निःशुल्क शिविर भएको छ । शिविरमा ४ सय ३ जनाको निःशुल्क जाँच गरिएको छ ।
कार्यक्रममा पेट तथा कलेजो रोग विशेषज्ञ डा। सुवास भट्टराईले यस्ता शिविरबाट समयमै रोग पत्ता लाग्ने र समयमै उचित उपचार सम्भव बनाउन सहयोग पुग्ने बताए । उनले धेरैजसो रोग अस्वस्थ्यकर खानपान, अस्तव्यस्त सहनसहन र वेपरवाह जीवनशैलीका कारण लाग्ने औंल्याए । उनले आफू, आफू परिवार, वातावरणबारे सहज र रोगहरुबारे परिवार र समाजमा सचेतना जरुरी भएको बताए । 
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय स्वास्थ्यसेवामा सर्वसाधारणको पहुँच पु¥याउन विभिन्न संघ, संस्थासँगको सहकार्यमा शिविरहरु आयोजना गरिरहेको बताए । थाइराइड र मधुमेह आफैमा रोग नभएर अन्य रोगको मुहान भएकाले यिनलाई निर्मूल पार्न शिविरहरु गरिरहेको उल्लेख गरे । ‘रोगको मुहानै बन्द गरे, सास्ती भोग्नै पर्र्दैन । हामी स्वस्थ समाज निर्माणमा प्रतिवद्ध छौं,’ पन्तले भने ।
कार्यक्रममा मिस नेवा ११३८ का संयोजक गजेन्द्रमान श्रेष्ठ र नेवाः मिसा पुचः कास्की अध्यक्ष शान्ति उदासले पनि बोलेका थिए । 
नेवाः मिसा पुचः पृथ्वीचोकका अध्यक्ष रेविका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रमिला जोशी र सञ्चालन सचिव लक्ष्मी मुल्मीले गरेका थिए । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal