पोखरामा ११ महिनामा हवाईमार्ग हुदै १ लाख ६५ हजार पर्यटक

नेपालमा १० लाख पर्यटक भित्रिएको तथ्याङक सार्वजनिक भएसंगै पोखरामा पनि गत
बर्षको तुलनामा यस बर्ष पर्यटक आगमनमा बृद्धि भएको पाइएको छ ।

पोखरामा व्यबस्थित ढंगले पर्यटकको अभिलेख तथा तथ्याङक राख्नेगरी हालसम्म कुनै निकायले काम गर्न नसकेको अबस्थामा हवाई मार्ग हुदै पोखरा आउने पर्यटकहरुको तथ्याङक राखेको पोखरा विमानस्थल कार्यालयले पोखरामा यस बर्ष पर्यटक आगमनमा बृद्धि भएको जनाएको हो ।

गत बर्षको तुलनामा यस बर्षको ११ महिनामै पोखरा आगमनमा १२ प्रतिशतले पर्यटकको सङख्यामा बृद्धि भएको नागरिक उडड्यन कार्यालय पोखराका सूचना अधिकारी काशीनाथ पौडेलले पोखरा न्यूजलाई बताए । उनका अनुसार गत बर्षको तुलनामा यस अग्रेंजी बर्षको ११ महिनामा ११।७८ प्रतिशत अर्थात १९ हजार ४ सय ६२ जना पर्यटक पोखरा आएका हुन् । यस बर्षको ११ महिनामा भने ३ लाख ८६ हजार ८ सय ५५ जना पर्यटकहरु हवाई उडानबाट पोखरा आवतजावत गरेको उनले जनाए ।

गत बर्षको अक्टुवर एकै महिनामा २८ हजार ६ सय ४७ जना विदेशी पर्यटक पोखरामा हवाई उडानबाट आवतजावत गरेका थिए भने गत बर्षको जुलाईमा ४ हजार ९ सय ५१ जना विदेशी पर्यटक पोखरामा हवाई उडानबाट आवतजावत गरेका थिए । यस बर्षको अक्टुवरमा भने २९ हजार ६ सय २९ जना विदेशी पर्यटक पोखरामा हवाई उडानबाट आवतजावत गरेका छन भने यस बर्षको जुलाईमा भने ४ हजार ६ सय ७९ जना विदेशी पर्यटकले पोखरामा हवाई उडानबाट ओहोर दोहोर गरेका हुन।

सन् २०१७ मा हवाई मार्ग हुदै पोखरामा १ लाख ४५ हजार ६ सय ४५ जना पर्यटकहरु आवतजावत गरेका थिए । त्यसै गरी यस बर्षको ११ महिना जनवरी देखि नोवेम्वरसम्म एक लाख ६५ हजार १ सय ७ जना पर्यटकहरु विमानबाट पोखरा भित्रिने तथा बाहिरिने गरेका हुन। सन २०१७ मा ३२ हजार १ सय ८ वटा हवाइई फ्लाईट भएको थियो भने यस बर्षको ११ महिनामै पोखरा विमानथलबाट ३८ हजार ६ सय ३५ वटा हवाई उडान भएको नागरिक उडड्यन कार्यालय पोखराले जनाएको छ ।

प्रतिकृया दिनुहोस

पोखरामा ११ महिनामा हवाईमार्ग हुदै १ लाख ६५ हजार पर्यटक

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

पोखरामा ११ महिनामा हवाईमार्ग हुदै १ लाख ६५ हजार पर्यटक

नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीद्वारा दृष्टिविहिन व्यक्ति तथा उनीहरुका अभिभावकहरुका लागि दृष्टिविहिनहरुको अगुवाइमा गठित दृष्टिविहिन नमूना

पोखरामा ११ महिनामा हवाईमार्ग हुदै १ लाख ६५ हजार पर्यटक

 शिव थापा , रेडियो सफलता१०३.४ मेघाहर्च पोखरा - ७ , मासबार ,०३ सरकारले सामाजिक सञ्जाल प्रयोगलाई कडाइ गर्ने भएको छ । सामाजिक सञ्जालको दूरुपयोगका कारण