ताजा खबर

उपशाखा १०,११ को हातेमालो कार्यक्रममा दराज हस्तान्तरण तथा आँखा चेकअप

 
 
पोखरा, २१ पौष ।
 
       नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ को रजत महोत्सवको अवसरमा उपशाखास्तरीय हातेमालो कार्यक्रम अन्तर्गत युवा रेडक्रस सर्कल उपशाखा १०, ११ र लायन्स क्लव अफ पोखरा भैरबको संयुक्त आयोजनामा बेगनास उपशाखालाई स्टिल दराज हस्तातरण कार्यक्रम सम्पन्न भयो ।
 
       कार्यक्रममा प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० का वडासदस्य निशा मल्ल ठकुरीले दराज हस्तान्तरण गर्नुहुँदै पवित्र संस्था रेडक्रस र लायन्स क्लवद्वारा आयोजित मानव जीवनमा अति आवश्यक र सम्वेदनशील आँखाको सुरक्षा र स्वस्थ राख्ने उपाय र निःशुल्क उपचार गर्ने कार्यले विद्यार्थीको पठनपाठनमा समेत सहयोग पुग्ने बताउनुहुँदै सफलताको कामना गर्नुभयो ।
 
       कार्यक्रममा उपशाखा १०, ११ ले हातेमालो कार्यक्रम अन्तर्गत कम प्रगति भएकै जिल्लाकै ५७ वटा उपशाखाले भवन निर्माण गरेमा सहयोग गर्ने र हाल बेगनास उपशाखालाई स्टिल दराज सहयोग प्रदान गरेको उक्त कार्यक्रममा रुपाज्योति मावि रुपाकोटका १ सय ६३ जना, अमरसिद्ध मावि लेखनाथका ४ सय ५० जना विद्यार्थीको निःशुल्क आँखापरीक्षण गरिएको थियो । कार्यक्रममा ५ जना विद्यार्थीलाई निःशुल्क चश्मा प्रदान गरिएको उपशाखाका सहकोषाध्यक्ष जीवन श्रेष्ठले जानकारी दिनुभयो ।
 
       कार्यक्रममा बेगनास उपशाखाका सभापति रुद्रनाथ अधिकारी, रुपाज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष देगेन्द्र कुमार गुरुङ्ग, अमरसिंह नमुना माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदरभक्त थापा, विद्यालयका प्रअ विष्णु पौडेल, हिमालय आँखा अस्पतालका प्राविधिक अनिल चौधरी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
 
       कार्यक्रमलाई सफल बनाउन अस्पतालका प्राविधिक ममिता पौडेल, नम्रता तिमिल्सिना र मनिष थापाले स्वास्थ्य परीक्षण गराएको उक्त कार्यक्रममा धनमाया गुरुङ्ग, टिकादेवी कँडेल कोइराला, विशाल द्वा, नलु गुरुङ्गले स्वयमसेवा गरेका थिए । लायन्स क्लव अफ पोखरा भैरबका अध्यक्ष ला.विनोद द्वाको अध्यक्षतामा सम्पन्न उक्त शिविरमा स्वागत रुपाज्योति माविका प्रअ मनिराम कँडेल र कार्यक्रमको संचालन नेरेसो उपशाखा १०, ११ का सभापति सम्मर बहादुर श्रेष्ठले गर्नुभएको थियो । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal