ताजा खबर

शान्तिको सन्देश कार्यक्रममा हेमजाकै पहिलो आमा समुह सम्मानित

हेमजा २०, पौष 
आत्मज्ञान प्रचार संघ पोखरा २५ हेमजा चण्डीस्थानले विहीवार हेमजा स्थित हेमजाको सबैभन्दा पुरानो आमा समुह हेमजा आमा समुहलाई सम्मान गरेको छ।  
समाजमा पु¥याएको योगदानको कदर गर्दे हेमजा आमा समुहका अध्यक्ष सरस्वती त्रिपाठी लगायतका समूहका पदाधिकारी र सदस्यहरुलाई पनि दोसल्ला तथा खादा लगाईसम्मान गरिएको हो । 
कार्यक्रममा शान्ति दुत प्रेम रावतको शान्तिको सन्देश मुलक दृश्यचित्र समेत प्रस्तुत गरिएको थियो । 
कार्यक्रममा बोल्दै सम्मानित आमा समुह अध्यक्ष सरस्वती त्रिपाठीले शान्तिको सन्देश हरेक व्यक्तिलाई चाँिहएको कुरा औल्याउदै, हरेक व्यक्तिले मनमा शान्ति लिन सक्नुपर्ने बताउनुभयो । 
सोही कार्यक्रममा समाजसेवी भीमप्रसाद श्रेष्ठले संसारमा सबैभन्दा ठूलो धर्म मानव धर्म भएको उल्लेख गर्दे शान्ति खोज्न अरु  कुरा खोज्न खतरा मोल्नु पर्ने जस्तो नभएको बताउनुभयो । उहाँले शान्तिलाई मानवीयता सँग जोड्दा शान्ति सबैले बराबर पाउने अधिकार भएको समेत धारणा राख्नुभयो ।
पत्रकार सुदीप त्रिपाठी प्रतीकले शान्तिको सन्देश कार्यक्रम कुनै जात धर्म , क्षेत्र लिड्ड तथा वर्ग विशेषको कार्यक्रम नभई शान्ति चाहिने हरेक मानिसको कार्यक्रमको भएको बताउनुभयो । उहाँले शान्तिको सन्देश कार्यक्रम बाट आभ नागरिकले प्रेरणा लिन सक्नुपर्ने धारणा समेत राख्नुभयो । 
युवा सघं हेमजाका अध्यक्ष लक्ष्मण रोकाहाले यस्ता खालका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दे, मनमा शान्ति लिन सकेमा मात्र समाजलाई सकारत्मक दिशा तर्फ धकेलिन सक्ने बताउनुभयो । 
कार्यक्रममा बोल्ने बक्ताहरुले कार्यक्रमलाई ऐतिहासिक रुपमा लिएका छन् । उनीहरुले इतिहासमा पहिलो पटक हेमजाको ठाँउमा शान्तिको सन्देश कार्यक्रम बाट आमा समूहहरु सम्मानित भएको यो पहिलो कार्यक्रमको भएको बताएका हुन् । 
आत्मज्ञान प्रचार संघ हेमजाको आयोजनामा सञ्चालित कार्यक्रममा स्वागत सुरेन्द्र श्रेष्ठ र कार्यक्रमको सञ्चालन सविता लामिछानेले गर्नुभएको थियो । 
शान्तिको सन्देश कार्यक्रम हेमजामा सोमबार, विहीवार र शनिवार मध्यान्न १२ बजे निरन्तर रुपमा सञ्चालन हुदै आइरहेको छ । प्रत्येक दिन सामुदायिक रेडियो हेमजा ८८.५ मेगाहर्ज बाट हेरक विहान ७ः४५ बजे देखि ८ बजेको समयाबधिमा शान्तिको सन्देश उमड्ड कार्यक्रम प्रसारण हुदै आइरहेको छ । 
 
 
 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal