ताजा खबर

कविता गाउँले सम्झ्यो गौचनलाई

 
पोखरा, २० पुस । 
कविता गाउँका परिकल्पनाकार विनोद गौचनको चौंथो वार्षिक पूण्यतिथि बिहीवार विविध कार्यक्रमका साथ मनाइएको छ ।
लुम्ले कविता गाउँ समितिद्वारा आयोजित उक्त कार्यक्रममा वक्ताले लुम्लेलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि लुम्ले वडा नं. ६ का नवनिर्वाचित वडाअध्यक्ष चित्रबहादुर गुरुङले कवि गौचनको योगदानको कदरका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताए । साथै, उनले यसै वर्षको बजेटबाट समितिका लागि ५० हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
नागरिक समाजका संयोजक रामबहादुर पौडेलले कवि गौचनको स्मृतिका लागि लुम्लेमा पार्क निर्माण गरी उनको प्रतिभा स्थापना गर्न आग्रह गरे ।
पत्रकार असफल गौतमले बढ्दो जनघनत्व सँगसँगै बजारका शालिक विस्तापित भइरहेका बेला लुम्लेलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गौचनको शालिक निर्माण अनिवार्य भएको बताए ।
गौचनका दाजु विश्वमोहन गौचनले लुम्ले कविता गाउँ समितिले गर्ने जुनसुकै कार्यका लागि परिवारकातर्फबाट यथासक्य सहयोग रहने जानकारी दिए ।
कार्यक्रममा लुम्ले कविता गाउँ समितिका संस्थापक अध्यक्ष भक्तिराम देवकोटा, सचिव सुनिल देवकोटा, अध्यक्ष चूडामणि देवकोटा, नेपाली काँग्रेसका वडा सभापति केदार देवकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष लक्ष्मण देवकोटा, वडा नं. ६ का नवनिर्वाचित महिला सदस्य लक्ष्मी देवकोटालगायतले स्व. गौचनका बारेमा बोलेका थिए ।
 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal