मानव मिलन नारी जागरण नेपालको आठौ वार्षिक साधारण सभा सम्पन्न :

पोखरा ८  पौष
मानव मिलन नारी जागरण नेपालको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटनको उद्घाटन गर्दै बाह्रमण समाज नेपालका सस्थापक केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर नारायणप्रसाद अधिकारीले नारी शक्तिसँग अथाह शक्ति भएको हुँदा शक्तिलाई विकास निर्माण र सामाजिक कार्यमा लाग्न आग्रह गर्नु भयो । उहाँले मानव मिलन नारी जागरण नेपालले गरेको कार्यको खुलेर प्रशंसा गर्नुभयो । कार्यक्रममा विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टीका सचेतक, सद्यीय सभाका सदस्य शान्ता चौधरीले इच्छाशक्ति भयो भने महिलाहरुले पनि जस्तोसुकै कार्य गर्न सक्ने बताउँदै उहाँले आफ्नो जीवनका हरेका सर्घष सिकाई भएको बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेसकी नेतृ सरस्वती गुरुङ्कले सर्घषले जिवनमा सिकाई र अनुभवी बनाउने भन्दै मानवमिलन संस्था सामाजिक क्षेत्रमा अनुभवी भएर परिचित भईसकेको बताउनुभयो । कार्यक्रममा बोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल (बान) का केन्द्रिय महासचिव दुर्गा अधिकारीले मानव मिलन संस्था समाजमा सामाजिक संस्थाको रुपमा स्थापित भएर स्वास्थ्य, शिक्षा र सेवालाई प्राथमिकतामा राखेर उपलव्धीमुलक कार्य गरेको भन्दै प्रंसशा गर्नुभयो । वरिष्ठ व्युटिसियन तथा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङ्गले मानव मिलन संस्थालाई अगाडी बढाउन आफ्नु सधै साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । संस्थाका निवर्तमान अध्यक्ष पार्वती पौडेलले सस्थालाई अझै सशक्त ढंगले बढाउन आफ्नो सधै साथ रहने बताउनुभयो । संस्थाका अध्यक्ष सविता बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरी, सल्लाहकार तथा आर्दश समाज राष्ट्रिय दैनिकका व्यवस्थापक दुर्गादेवी बाँस्तोला लगायतले बोल्नुभयो थियो । संस्थाका आजीवन सदस्य प्रभा गौतमले स्वागत मनतव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष कमला गिरीले गर्नुभएको थियो । साधारणसभामा कोषाध्यक्ष देवी बराल र सचिव मेनुका पोख्ररेलले प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा पुर्व सल्लाहकार तथा संस्थाका शुभचिन्तक पोखरा उद्योग वाणिज्य संघको उपमहासचिव पदमा निर्वाचित हुनुभएको भन्दै सम्मानपत्र र दोल्सल्लाले सम्मान गरिएको थियो । साथै अक्षयकोष दाता तथा संस्थालाई आर्थिक सहयोग गरेका संस्थाका आजीवन सदस्यलाई समेत सम्मान गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस

मानव मिलन नारी जागरण नेपालको आठौ वार्षिक साधारण सभा सम्पन्न :

पोखरा ४ फागुन । प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक

मानव मिलन नारी जागरण नेपालको आठौ वार्षिक साधारण सभा सम्पन्न :

पोखरा, ४ फागुन । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारीलाई तिब्र

मानव मिलन नारी जागरण नेपालको आठौ वार्षिक साधारण सभा सम्पन्न :

प्रेम दिवस बिशेस #ValentineSpecial  शिब सतिको प्रेम एक जन्म मात्र होइन अर्को जन्म सम्म निरन्तर जुगौ जुगु बाचेको छ शिब पार्वती को स्वरुपमा।  आफ्नो प्रेमी को