ताजा खबर

लायन्स क्लब माछापुच्छे« द्वारा शैक्षिक सामाग्री सहयोग :

पोखरा, ११ पुष ।
 
    लायन्स क्बल अफ पोखरा माछापुच्छे«ले विद्यालयमा शैक्षिक एवं खेलकुदका सामाग्री वितरण गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडानं २३ स्थित जन्मभुमी आधारभुत बिद्यालय बाम्दी चापाकोटका ३५ जना बिपन्न तथा दलित विधार्थी लाई स्कुल डे«स सर्ट पाईन्ट,झोला,स्वीटर,कापीकलम वितरण गरेको क्लबका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक तोरण कुवंरले जानकारी दिनुभयो । क्लबले विद्यालयलाई भलिबल र फुटबल समेत गरी ७० हजार मुल्य बराबरको शैक्षिक र खेलकुद समाग्री सहयोग गरेको बताउनुभयो ।  ९२ बर्षिय लिल बहादुर परियार  प्रमुख अतिथि रहनुभएको कार्यक्रममा परियारले विपन्न र दलितका छोराछोरी लाई गरेको सहयोगको प्रंससा गर्नुभयो । अर्काको दुख देख्नेहरुको सधै भलोहुने बताउनुभयो । उहाँले आफुहरुले पढन नपाएर पछि परे पनि अबका नातिनातिनाले भने पढेर केही गर्छन भन्ने आसा राखेको बताउनुभयो । लियो क्लब अफ माछापुच्छे«ेको समेत सहभागीता रहेको कार्यक्रम बोल्दै क्लबका अध्यक्ष दीपेन्द्र चन्दले लायन्स क्बल माछापुच्छ«े आबश्कयता अनुसारको सहयोग गर्नेगरेको बताउनुभयो । क्बलले स्थापना देखिनै निरन्तर सामाजिक सेवामा लागेको स्मरण समेत गराउनुभयो ।
 
क्लबका निर्बतमान अध्यक्ष सुर्दशन बाटाजुले लगायतले बोल्नुभएको कार्यक्रमको सचालन पुर्णचन्द्र घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम दीपेन्द्र चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal