ताजा खबर

भदौरे पञ्चासे महोत्सव जारी

 
पोखरा,  पुष ।
कास्की अन्तर्गत अन्नपुर्ण गाउँपालिकाको भदौरेमा आयोजित २०औं भदौरे पञ्चासे महोत्सव जारी रहेको छ । पुषको ९ गते सम्म चल्ने महोत्सव विहीबारपनि उल्लेख्य सहभागिता सहित विभिन्न खेलहरुको साथमा साँस्कृतिक कार्यक्रम भएको हो ।
बिहीबार महोत्सव अन्तर्गत भएको फुटबल प्रतियोगितमा हेम्जा युृनाईटेड र माई पोखरा स्पोर्टमा ट्राईब्रेकरमा माई पोखरा स्पोर्ट विजयी भएको छ त्यस्तै भदौरे युवा क्लव बिले एनटिएचटिएम लाई हराउदै क्वाटर फाईनलमा प्रवेश गरेको छ । त्यस्तै बिहीबारनै भएको अर्को खेलमा संगम युवा क्लव सल्यानलाई ट्राईब्रेकरमा हराउदै धारापानी क्लव क्वाटर फाईनलमा पुगेको छ भने बहादुर माविलाई हराउदै फेदी युवा क्लव पनि क्वाटर फाईनलमा प्रवेश गरेको छ । बिहीबारको अन्तिम खेलमा भदौरे भेट्रान्सलाई पछाडी पार्दै भदौरे युवा क्लव ए क्वाटर फाईनलमा पुगेको छ । फुटबलको  क्वाटर फाईनलका खेल र भलिवलका खेलहरु हुने आयोजकले बताएको छ ।
बिहीबार महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रमको साथमा गुरुङ चलचित्र प्रे सोना को रिलिज गरिएको थियो भने विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेमा गुरुङ चलचित्र प्रे सोना की नायिका उर्मिला गुरुङ, प्रोड्युसर खेमचन्द्र गुरुङ, निर्वाचित वडा सदस्य अनिल कुमार गुरुङ रहेका छन् ।
महोत्सवमा प्रमुख अतिथि गण्डकी अञ्चल प्रहरी प्रमुख विष्णुहरी गौतम, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुली, क्षेत्रिय महिला संघकी सभापति चिनकुमारी गुरुङ, लोकतान्त्रीक जिल्ला खेलकुद संघका उपाध्यक्ष तथा क्लवका संरक्षक आस बहादुर गुरुङ, पञ्चासे बोर्डीङ स्कुलका प्राचार्य लक्ष्मी पौडेल, बहादुरे माविका अध्यक्ष सईकाजि गुरुङलगाएतले शुभकामना मन्तव्य राखेका थिए । भदौरे क्लवका अध्यक्ष जिबन गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत क्लवका पूर्व अध्यक्ष आईन्दल गुरुङले गरेका थिए ।
महोत्सवमा शुक्रबार राष्ट्रिय लोकदोहोरीको प्रस्तुती, नृत्य प्रतियोगिता, साँस्कृतिक कार्यक्रमका साथै विभिन्न कार्यक्रम हुने क्लवका पूर्व अध्यक्ष आईन्दल गुरुङले जानकारी दिए ।
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal