लेकसाइड डोजोङ्को आयोजनामा फेवाताल सरसफाई

लेकसाइड डोजोङ्को आयोजनामा आज फेवातालको किनारमा रहेका प्लाष्टिक जन्य फोहोर सरसफाई गरिएको छ ।लेकसाइड डोजोङ्को खेलाडीहरुलाई सामाजिक कार्यमा पनि उत्तरदायी बनाउन उक्त सरसफाई कार्यक्रम राखिएको लेकसाइड डोजोडका प्रमुख प्रितम कुवरले जानकारी दिनुभयो ।आफु पनि डुङ्गा चालक भएको र पर्यटकहरुलाई डुङ्गामा सयर गराउदा पर्यटकहरु बाटै गुनासो आएको भन्दै उहाले आफ्नै नेतृत्वमा उक्त सरसफाई कार्यक्रम राख्नुभएको छ । सबै पर्यटक व्यवसायी र वातावरण सग जोडिएका सघंसंस्थाले कम्तीमा पनि हप्ताको एक चोटी फेवातालमा रहेका फोहोर सरसफाईमा चासो राखे , फेवाताल प्लाष्टिक जन्य फोहोरबाट मुक्त हुन सक्ने उनले बताएका छन् । वसुन्धारा पार्क किनारबाट ५ वटा डुङ्गा प्रयोग गरी सुरु भएको सरसफाई कार्यक्रम फेवातालको दुवै किनारमा सञ्चालन गरिएको थियो । उक्त सरसफाई कार्यक्रममा करिव १ ट्रक प्लाष्टिक जन्य फोहोर संकलन गरिएको छ । उक्त कार्यक्रमको उद्धघाटन पोखरा वडा न ६ का नागरिक समाजका अगुवा विष्णुहरी अधिकारीले सरसफाई कार्यक्रममा सरिक खेलाडीहरुलाई पन्जा र माक्स वितरण गरेर गर्नुभएको थियो ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal