मङसीर ८ को नेपाल बन्द नेकपाले नगरेको स्पष्ट :

 
पोखरा, ७ मङसीर २०७४ ।
भोलि मङसीर ८ गते शुक्रबार नेपाल बन्द रहेको भनेर व्यापक चर्चा चलेपछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओम प्रकाश पुनले शुक्रबार आयोजना गरिएको नेपाल बन्द नेपाल कम्युनिष्ट पार्टीको आव्हानमा नभएको स्पष्ट पारेका छन् । आफ्नो फेसबुक स्टाटसमा उनले भनेका छन्, “हाम्रो पार्टीको कथित संसदीय चुनाव खारेजी अभियान निरन्तर जारी रहेको कुरा सबैमा जगजाहेर नै छ । तर मंसिर ८ गतेको नेपाल बन्द कार्यक्रम हाम्रो पार्टीको नभएको स्पष्ट पार्दछौं ।’
पोलिटब्युरो सदस्य पुनका अनुसार नेपाल बन्द पूर्व जनमुक्ति सेना नेपालले आह्वान गरेको भन्‍ने सूचना नेपाल कम्युनिष्ट पार्टीले पाएको छ । आफ्नो पार्टीले नेपाल बन्दको आयोजना नगरेको भएपनि चुनावविरुद्ध गरिएको नेपाल बन्दप्रति पार्टीको नैतिक समर्थन रहेको पुनले आफ्नो फेसबुक स्टाटसमा जिकिर गरेका छन् ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal