आस्था र निष्ठाको राजनीति गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष–पुन

 
पोखरा,  २ मंसिर ।
       राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष एवं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार जयलाल पुनले राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव देश र जनताप्रति आस्था एवं निष्ठा राख्ने राजनीतिक पार्टी भएको बताउनुभएको छ ।
       दोस्रो चरण अन्तर्गत सम्पन्न हुन गइरहेको कास्कीका तीनवटै क्षेत्रमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको प्रचारप्रसारको सिलसिलामा क्षेत्र नं. २ अन्तर्गत कृस्तिमा भएको घरदैलो एवं सभामा बोल्दै आर्थिक समृद्धिका लागि हिन्दु राष्ट्र, युवाहरुको रोजगारको लागि सधै आफ्नो आन्दोलन जारी राख्ने पार्टी भएको बताउनुभयो ।
       उहाँले नेपालका नदीनाला विदेशी दलाललाई बुझाई धर्म बेचेर खानेहरुले केही गर्छन् भन्ने कल्पना तपाईले नगरे हुन्छ भन्दै नेपाललाई सनातन हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था देशको परिहार्य रहेको बताउनुभयो ।
       सभामा प्रदेशका समानुपातिक उम्मेदवार शिव प्रसाद चालिसे, रञ्जना सेन पौडेल, सावित्री दर्जी लगायतले राप्रपालाई आफ्नो अमूल्य मत गाइचिन्हमा दिई जिताउन आग्रह गर्नुभएको थियो । कृस्तिका इकाई अध्यक्ष धन बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव खिम बहादुर मल्लले गर्नुभएको थियो ।
       प्रदेश नं. २ (क) का प्रत्यक्ष उम्मेदवार विष्णु खड्का कार्कीले देशलाई सनातन हिन्दु राष्ट्र, महिलालाई सम्मान गर्ने र उचित स्थान दिने पार्टी राप्रपा भएको बताउँदै देशलाई सनातन हिन्दु राष्ट्र कायम गर्ने हाम्रो आन्दोलन सधैं जारी रहने बताउनुभयो ।
       प्रचारप्रसार अन्तर्गत कास्कीको क्षेत्र नं. १ अन्तर्गत नेपालको पर्यटकीय गाउँ सिक्लेस, लेखनाथको जनताको चौतारा, क्षेत्र नं. २ अन्तर्गत पोखरा ११ मा भेला तथा घरदैलो कार्यक्रम समेत सम्पन्न भएको छ ।
       प्रचारप्रसार कार्यक्रममा विभिन्न क्षेत्र अन्तर्गतका उम्मेदवार लगायत स्थानीय कार्यकर्ता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
       स्मरण रहोस्, राप्रपा कास्कीले प्रदेश सभा अन्तर्गत क्षेत्र नं. १ (क) देउ बहादुर गुरुङ्ग ध्रुव, क्षेत्र नं. २ (क) विष्णु खड्का कार्की (ख) विष्णु बहाुदर खत्री, क्षेत्र नं. ३ (क) धनुमाया कोइराला र (ख) केदारनाथ पौडेल तथा समानुपातिक तर्फ प्रतिनिधिसभामा जयलाल पुन, डा.भिमसेन गुरुङ र प्रदेशसभामा रञ्जना सेन पौडेल, शिव प्रसाद चालिसे, सावित्री दर्जी र गिता गुरुङलाई उम्मेदवार बनाएको छ ।
      

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal