‘ट्यालेन्टहन्ट’मार्फत क्रिकेट खेलाडीको खोजी

 
पोखरा
पोखरामा ट्यालेन्टहन्टमार्फत क्रिकेट खेलाडीको खोजीअभियानथालिएको छ । उक्तकार्यक्रममाकास्कीलगाएतअन्यजिल्लाबाटकरिव १ सयजना खेलाडीको सहभागिता रहेको थियो । शनिवार दिनभरी जसो उनीहरुले पोखरा रंगशालको मैदानमाव्याटिङ्ग, बलिङ्ग र विकेट किपिङ्ग गरेर आफ्नो प्रतिभा देखाएकाथिए । 
सहभागि १ सयजनामामध्ये ७जनावन्दप्रशिक्षणकालागिछनौटमा परेको पोखरा राइनोज टिमकाव्यवस्थापक सुदिन मानन्धरले जानकारी दिए । उनकाअनुसार मेख वहादुर सेन, प्रकाशखनाल, विजयन विष्ट, दिपकगुरुङ्ग, कुशलमल्ल, सुमन गुरुङ्ग र देव शाह रहेकाछन । सोहिलकुवंर र सृष्टीलौडारी लाई विशेष प्रवेश पाएकाछनभने किरणपौडेल र विश्वास पराजुलीलाई अतिरिक्तमा राखिएको छ । ति मध्ये वन्द प्रशिक्षण वाट एक जनालाई टिममा मौका दिइने मानन्धले वताए । 
नेपालको सवैभन्दाठूलो मानिएको क्रिकेटको महाकुम्भ खेल एभरेष्टप्रिमियर लिग‘इपिएल’पुष ४ देखि १६ गते सम्मकाठमाडौमासम्पन्नहुँदै छ । सोहीप्रतियोगितामा सहभागीताकालागिक्रिकेट खेलाडीको लुकेको प्रतिभावाहिर ल्याउनतथापोखराको टिमबाट सहभागी गराउन यस प्रकारको कार्यक्रमआयोजनागरिएको पोखरा राइनोज टिमका खेलाडीशक्तिगौचनले जानकारी दिए । 
राष्ट्रिय खेलाडीगौचनकाअनुसार छनौटमा परेका७जनालाई करिव १५ दिनको प्रशिक्षणशिविरमा राखिने छ र त्यस मध्ये वाट एक जनालाई टिमवाट खेल्ने मौकाप्रदानगरिने छ । १५ जनाको टिम सदस्यमा एकजना स्थानियनयाँअनुहार लाई मौकाप्रदानदिनु प्रमुखउद्धेश्य रहेको गौचनले वताए । नेपालको खेल जगतमा यो राम्रो अभ्यासको थालनीभएको वताउँदै गौचनले स्थानिय स्तरको क्रिकेट जगवलियो वनाउनइपिएलमहत्वपुर्ण हुने वताए । 
ट्यालेन्टहन्टकार्यक्रमको सुरुवातगर्दै पोखरा लेखनाथमहानगर पालिका मेयर मानवहादुर जिशीले पोखरामाअन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियमनिर्माणगर्न पनि यस्ता महत्वपुर्ण खेलहरु आयोजन हुनु पर्ने वताए । खेलकुदमार्फत पर्यटनप्रवद्र्धन गर्न र खेलकुदमानिजीलगानीको सहभागिताजुटाउनमहानगरको प्रयास रहने वताउँदै मेयर जिशीले यस्ता कार्यक्रमले महानगरलाई थपउत्साहितवनाएको वताए । 
काठमाडौमाआयोजनाहुने इपिएलमा देशका ६ ठूलाशहरपोखरा, काठमाण्डु, विराटनगर, भैरहवा, विरगंज र ललितपुर गरि ६ टिमको सहभागिता रहने छ । प्रत्येकटिममा राष्ट्रिय स्तरका १५ जना खेलाडीको सहभागिता रहनेछ भने अन्य देशका खेलाडीहरु पनि यि टिममा सहभागिताजनाउने छन । निजी क्षेत्रले सुरु गरेको क्रिकेट एपिएलममजित्ने टिमले २१ लाख रुपैयाँनगद पुरुस्कार पाउने छ । 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal