दोस्रो खेलमा न्युजिल्यान्ड र भारत भिड्दै

भारत भ्रमणमा रहेको न्युजिल्यान्ड र घरेलु टोलीबीच आज दोस्रो एक दिवसिय क्रिकेट हुँदैछ । टोम लाथम र रोस टेलरले चौथो विकेटका लागि कीर्तिमान २ सय रनको साझेदारी गरेपछि न्युजिल्यान्डले पहिलो एक दिवसिय क्रिकेटमा भारतलाई ६ विकेटले हराउँदै शृंखलामा महत्वपूर्ण अग्रता लिएको छ ।

 

तीन खेलको सिरिजमा न्युजिल्यान्ड दोस्रो जितको खोजिमा रहनेछ । तर भारतले सन् २०१३ यता दुइ राष्ट्र बीचको शृंखलामा लगातार दुई हारेको छैन ।

अघिल्लो ५ खेलमा २ पराजय भोगेको भारतले भने शृंखला बराबरी गर्ने लक्ष्य लिएको छ । यी दुई टोलीबीचको अघिल्लो ५ खेलमा न्युजिल्यान्डले ३ खेल जितेको छ भने दुई खेल भारतको नाममा छ । पाँचै खेल भारतीय भूमिमा खेलिएको हो ।

दुवै टोलीमा फिटनेसको कुनै समस्या नरहेको कारण पहिलो खेलमा सुरुआत गरेका खेलाडीले मौका पाउने सक्नेछन् ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal