"फेस अफ फेशन - Face Of Fashion" उपाधि रवि आले र पूजा शाई लाई :

पोखरा, २९ असोज
 
 रमाइलो छ प्रालिको आयोजना र इपोच ईन्टरटेन्मेन्टको ब्यबस्थापन मा पोखरा मै पहिलो पटक भएको "फेस अफ फेशन - Face Of Fashion" को  एरिस्ट अफ  भोड्का फेस अफ फेसनको उपाधि रवि आले र पूजा शाईले जितेका छन् ।आले उपाधि सँगै आलेले बेष्ट ड्रेस र पब्लिक च्वईसको तथा शाईले मष्ट ईथुजियाष्टिक र भियोर च्वईस सबटाईटल प्राप्त गर्न सफल भए ।   ‘’"फेस अफ फेशन - Face Of Fashion नाम दिएरले आईतबार आयोजना गरेको प्रतियोगिताको फ़्रस्ट रनर फेस नं. १ एन्जिला बानिया र पुरुस तर्फ नेलसन जुङ्ग मल्ल ले हात परे  । उनीहरु दुवैले ट्रफी र प्रमाणपत्र प्राप्त गरे । 
 
यस्तै बेष्ट वर्कमा नेलसनजंग मल्ल र एञ्जिला वानिँया, मोष्ट अट्रयाक्टिभमा रेवान राई र सुस्मिता राई, बेष्ट ड्रेस रवि आले र कृषिका पौडेल, मोष्ट फोटो जेनिकमा कर्मा तामाङ र एलिशा पुन, मोष्ट ईथुजियाष्टिक अजित गुरुङ र पूजा शाई, पब्लिक च्वईस रवि आले, मोष्ट क्रियटिभ च्वईस भिम थापा र रोश्नी श्रेष्ठ, भियोर च्वईस  प्राप्त गर्न सफल भए । 
 
प्रतियोगितमा एसएलसी उत्तिर्ण गरेका १६ देखि २५ वर्ष उमेर समुहका ५ फिट भन्दा बढी उचाइ भएका युवा–युवतीहरुले फाईनलमा प्रतिस्पर्धा गरेका थिए । ‘फेस अफ फेशन’ नाम दिएर रमाइलो छ प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुई वटा अडिसन राउण्ड पार गरेर कुल ३४ जना प्रतिस्पर्धाबाट १७ जना युवा युवती फाईनलमा प्रबेश गरेका हुन । 
 
ऐरीष्ट अफ  भोड्का फेस अफ फेसनको फाईनलमा मिस नेपाल अर्थ २०१४ सोनीराज भण्डारी, गायिका कौशल्या गुरुङ र नेपाल टुरीजम बोर्ड क्षेत्रिय कार्यालय पोखराका प्रमुख उदय भट्टराईले निर्णायकको भुमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रममा ऐरीष्ट अफ भोड्काका क्षेत्रिय बिक्रि प्रवन्धक श्री किशोरकुमार कोइरालाको पनि विशेष उपस्थिति रहेको थियो ।
 
एरिस्ट अफ  भोड्काको मुख्य प्रायोजनमा भएको फेस अफ फेसनको  मुख्य प्रवद्र्धक नेपाल पर्यटन बोर्डले गरेको थियो ।
 
 

 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal