मौजा महोरियामा पाहार ट्रष्टले विद्यालय भवन निर्माण गर्दै

 
पोखरा, २७ असोज
पोखरा लेखनाथ महानगरपालिका वडा नं. २० मौजा महोरियामा रहेको हिमालय मा.वि.मा पाहार ट्रष्ट नेपालको आर्थिक सहयोगमा ६ कोठे विद्यालय भवनको निर्माण कार्य तिव्र गतिमा अघि बढेको छ ।
नेपालको ग्रामिण क्षेत्रमा विद्यार्थीहरुको शैक्षिक गुणत्तर माथि उकासने उद्देश्यका साथमा ट्रष्टले सो भवन निर्माण गरिदिने भएको हो । करिब ६५ लाखको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस भवनमा ट्रष्टको ८० प्रतिशत लगानी र स्थानिय समुदायको २० प्रतिशत जन श्रमदानबाट भवन निर्माण हुन लागेको हो । आगामी फागुन महिनाभित्र निर्माण सम्पन्न गरि यसै नयाँ शैक्षिक सत्रबाट यस विद्यालयमा पठनपाठन सञ्चालन गर्ने लक्ष्य रहेको पाहार ट्रष्टका कार्यकारी अधिकृत छवि गौडेलले जानकारी दिनुभएको छ । नेपालभर कार्यक्षेत्र रहेको सो ट्रष्ट मार्फत हालसम्म देशका विभिन्न भागमा २०० भन्दा बढी विद्यालय भवनहरु निर्माण गरि समुदायलाई हस्तान्तरण गरी सकेको ट्रष्टका महासचिव बिजुली बहादुर गुरुङले जानकारी दिनुभयो ।  
विद्यालयको निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ पाहार ट्रष्ट यु.के.को संयोजनमा च्यारिटि च्यालेन्ज ग्रुप यु.के.बाट आएका ४४ जना स्वयंसेवकले करिब ५ दिनसम्म विद्यालयमा ढुङगा बोक्ने, गिट्टी बालुवा बोक्ने तथा अरु निर्माणको काममा सहयोग पु¥याएका छन् । साथै सो समुहले विद्यालयमा करिब ७५ वटा ट्रि गार्ड समेत प्रदान गरेर विद्यालय प्राङ्गढमा वृक्षरोपन समेत गरेका छन् । बेलायतबाट मौजा पुगेको सो स्वयंसेवकको समुहलाई आज मौजा महोरियाका बासिन्दाले विदाइ समेत गरेको छ । यसै अवसरमा निर्माण स्थलको अवलोकन र रिपोटिङको लागि पाहार ट्रष्ट नेपालका कार्यकारी अधिकृत छवि गौडेल, महासचिव बिजुलीबहादुर गुरुङ, इञ्जिनियर टेक राना लगायत पत्रकारहरुको समुह सो स्थलमा पुगेको थियो ।
वि.सं. २०२८ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १ देखि १० सम्म करिब १ सय ५० जना विद्यार्थीले अध्ययन गरी रहेको छ भन उक्त विद्यालयमा सो भेगका मौजा, लामडाँडा, महोरिया, आँटीघर लगायतका गाउँबाट अध्ययनको लागि विद्यार्थीहरु आउने गरेको विद्यालयका शिक्षक दीपक गुरुङले जानकारी दिनुभएको छ ।
यसैबीच बेलायतबाट आएको भोलिन्टियर ग्रपुलाई स्थानिय आँटीघर आमा समुह तथा त्यहाँका बासिन्दाले बाजा गाजा र नाचगानले स्वागत गरेका छन् । विदेशीलाई आप्mनो गाउँघरको संस्कृति देखाउन भन्दै आमा समुहले फुल माला, अविर तथा स्थानिय परिकारबाट बनाइएका खाजाले अतिथिको स्वागत गरेका थिए । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal