संविधान कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्नेमा जोड

कास्की ।
संविधान कार्यान्वयन पक्षमा सबैको सहभागिता भएमात्रै प्रभावकारी हुनेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । संविधान दिवसका अवसरमा शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखरा र जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समिति, कास्कीको सहआयोजनामा असोज ३ गते पोखरामा आयोजना गरेको नेपालको संविधानमा संघियता कार्यान्वयन, अवसर र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सो कुरामा जोड दिएका हुन् । 
कार्यक्रममा आफ्नो भनाई राख्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पितृसत्ता, जातीय विभेद, केन्द्रीकृत शासन प्रणालीले गर्दा सबै पक्षको समान पहुँचका लागी नयाँ संविधानको जन्म भएको बताउँदै कार्यान्वयन पक्षमा नेतृत्व वर्ग र जनताको सहभागीता रहने बताए । सभामुख अधिकारीले क्षेत्रीय, वर्गीय र जातीय असमानता चिर्न र सिंहदरबारको शक्ति वडासम्म ल्याउनु यस संविधानको सुन्दर पक्ष भएको बताए । भर्खरै मात्र जन्म भएको संविधान कार्यान्वयन चरणमा थुप्रै बाधा ब्यवधान भएपनि ति बाधा पन्छाउन र देशको हितमा अघि बढ्नु सबैको कर्तब्य भएको अधिकारीको भनाई थियो । 
गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता राजेन्द्र घिमिरेले संविधानले सबै जनतालाई वाक स्वतन्त्रता प्रदान गरेको बताउँदै समस्या पहिचान गरि असन्तुष्टिलाई सच्याउन र परिमार्जन गर्न पनि संविधानमा छुट भएको भनाई राखे । 
गण्डकी प्रदेशकी सभासद प्रभा कोईरालाले देशमा कर्मचारीतन्त्रले लामो समयसम्म एकल रूपमा राज्य संचालन गरेको बताउँदै जनप्रतिनिधि र कर्मचारी दुबैपक्ष एक भएर अघि बढ्ने क्रममा संक्रमणकालिन समयमा निरास नहुन आग्रह गरिन् । 
नेकपाका नेता तेजनारायण अधिकारीले संघियता यस संविधानको मुख्य पक्ष भएको बताउँदै छोटो समयमा धेरै ठुला उपलब्धी भएनन् भन्नेमा जनता निरास हुन नहुनेमा जोड दिए । 
राष्ट्रिय जनमोर्चाका नेता शंकर बरालले वर्तमान संविधानमा थुप्रै कमी कमजोरी भएको बताउँदै यस संविधानलाई उत्कृष्ट भनेर गर्व गर्न नमिल्ने दाबी गरे । 
राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश पोखराकी उपनिर्देशक नितु गर्तौलाले वर्तमान संविधानले आमाको नाममा नागरिकता तथा महिला अधिकारलाई पुर्ण न्याय गर्न नसकेको बताउँदै सम्पुर्ण जनताको भाव समेटिएमात्रै संविधान विश्वकै उत्कृष्ठ हुने बताईन् ।
वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बरालले नेतृत्व तहले आफुलाई शासक भन्दा सेवकका रूपमा जनतामाझ प्रस्तुत हुनुपर्ने बताए । 
कार्यक्रममा गैह्र सरकारी संस्था महासंघका केन्द्रीय सचिव राम प्रसाद सुवेदी, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष जानकी शर्मा, केन्द्रीय बाल कल्याण समितिका डा. राजेन्द्र गौतम, गैह्र सरकारी संस्था महासंघका गण्डकी प्रदेश संयोजक बिना सिलवाल, जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समितिका रामशरण सेढाई, थ्रिएन्जल्सका शारदा खत्री लगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रममा जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समिति, कास्कीका अध्यक्ष ढाकाराम पौडेलले स्वागत मन्तब्य राखेका थिए । 
शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

संविधान कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्नेमा जोड

बिश्वभर ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईंदै छ । सन् १९४८ मा मानव अधिकारको विश्वब्यापी घोषणापत्र जारी भएपछि विश्वभरी डिसेम्बर १० तारीखका दीन

संविधान कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्नेमा जोड

असत्यमाथि सत्यको विजय अर्थात् हिंसा अन्त्यको खुशीयालीमा हरेक वर्ष मनाउँदै आएको विजयादशमी पर्वले यतिबेला नेपाली समाज उल्लासमय बनेको छ । विशेष गरि यो

संविधान कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्नेमा जोड

पोखरा, ३ आश्विन  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरी बहादुर चुमानले समाजवादको वास्तविक मार्ग नै सहकारी भएको वताएका छन । पोखरामा