पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्न राप्रपा कास्कीको माग :

राप्रपा कास्कीद्वारा हिन्दुराष्ट्र कायम गर्ने माग सहित ज्ञापन पत्र बुझाइयो
पृथ्वीचोकमा शालिक राख्नुपर्ने भए पृथ्वीनारायण शाहको शालिक नै राख्नुपर्ने माग
 
पोखरा,  २३ असोज ।
       राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले नेपाललाई हिन्दुराष्ट्र बनाउन माग गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पेश गरेको छ ।
       पार्टी कार्यालय नयाँबजारबाट शु? भएको नेता कार्यकर्तासहितको जुलुसले पृथ्वीचोक, सृजनाचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरेको हो ।
       राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनद्वारा हस्तक्षरित ज्ञापनपत्रमा नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने आम नेपाली जनताको चाहना र भावना नयाँ संविधानमा समेटिन नसकेकोले हिन्दुराष्ट्र पुनस्र्थापनाको निमित्त देशव्यापी ?पमा जनस्तरबाट आवाज उठिरहेको, हिन्दु राष्ट्र कायम गर्न राप्रपाले संसदमा संविधान संशोधन समेत दर्ता गरेको तर त्यसतर्फ संसद र प्रमुख राजनीतिक दलह?ले कुनै चासो नेखाएको तथा उक्त विधेयकलाई छलफलमा समेत नल्याइएको बताइएको छ ।
       ज्ञापनपत्रमा धर्मनिरपेक्षताको आडमा योजनाबद्ध र संगठित ?पले लोभलालच, ास र भ्रम सिर्जना गरेर लाखौ नेपालीको धर्म परिवर्तन गराउने कार्य जारी रहेकोले नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमा पर्ने खतरा देखिएको तथा सदियौदेखि नेपाली समाजमा कायम रहेको सद्भाव र एकता खलबलिई देशमा धार्मिक द्वन्द बढ्ने सम्भावना बढेकोले नेपालाई हिन्दुराष्ट्र कायम गर्न ज्ञापन पत्र मार्फत आग्रह गरिएको छ ।
       साथै पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्मार्ता पृथ्वीनारायण शाहको शालिक रहेकोमा उच्छृंखल तत्वह?बाट तोडफोड गरी हटाइएको र सोही ठाउँमा लखन थापाको शालिक राखिएकोमा पोखराको सडक चापलाई न्यूनिकरण गर्न विभिन्न स्थान लगायत उक्त ठाउँको पनि शालिक भत्काइको र हाल आएर उक्त स्थानमा लखन थापाको नै सालिक राख्ने दवाव सृजना गरिएकोमा समेत आपत्ति प्रकट गरिएको छ ।
       यदि सो आइल्याण्ड सानो बनाई शालिक नै राख्ने भएमा विगत समयदेखि सोही ठाउँमा रहेको नेपाल राष्ट्रका निर्माता, नेपाल एकीकरणका अभियन्ता, राष्ट्रका राष्ट्रिय विभूति श्री ५ पृथ्वीनारायण शाहको नै शालिक राखिनु पर्दछ भन्ने आम राष्ट्रवादी देशभक्त, प्रजातन्त्रवादी महानुभावह?को समेत दवाव रहेको हुँदा सम्मान  स्व?प राष्ट्रिय विभूतिको ?पमा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको शालिक रहनु पर्दछ भन्ने विभिन्न संघसंस्थाह?को आवाजलाई समेत मध्यनजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की जोडदार माग गरिएको छ ।
       राष्ट्रिय विभूति र शहिदह?को शालिक राख्न खोजिएको हो भने कुनै पार्क वा संग्रहालयको खोजी एवं निर्माण गरी सोही ठाउँमा लखन थापाको शालिक पनि राख्ने व्यवस्था गर्न माग गरिएको छ । अन्यथा जुनसुकै कदम चाल्न समेत तयार रहने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी जिम्मेवार निकायले लिनुपर्ने चेतावनी दिइएको छ ।
       ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सर्वदलीय बैठक बसी उक्त बैठकको निर्णय अनुसार नै कार्य गर्ने बताउनुभयो ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal