मासबार आमा समुहको २३ औं साधारण सभा सम्पन्न

 
असोज २१ ÷ पोखरा
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको मासबार आमा समुहको २३ औँ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका  प्रमुख अतिथि तथा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र बरालले  वडामा आएको बजेटलाई आफुह?ले  सहि ?पमा सदुपयोेग गरि विकास निमार्णमा जुट्ने बताउनुभयो । उहाँले आमा समुहले गर्ने हरेको गतिविधिमा आफ्नो संस्थागत थत व्यक्तिगत साथ सहयोग रहने बताउनुभयो । कार्यक्रममा वडा सदस्य किशोर बरालले वडामा रहेको जेठो संस्थाबाट अन्य संस्थाले सिक्नुपर्ने थुपै्र विषयह? रहेको बताउनुभयो । वडा सदस्य दिनबन्धु पौडेल, सदस्य सुकमाया वि.क, कार्यपालिकाका सदस्य ओम गौचन, रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा ७ का सभापति ठाकुर प्रसाद बराल, महिला समन्वय समिति पोखरा ७ का अध्यक्ष मनमाया पौडेल, टोल विकास संस्था समन्वय समिति पोखरा ७ का अध्यक्ष राममोहन आचार्य, सल्लाहकार मोती राम बराल, लेखबहादुर केसी, श्री कृष्णा मा.वि का प्रध्यानाध्यापक केदारनाथ अधिकारी, महिला क्लव पोखराका अध्यक्ष मिना आचार्य, महिला विकासका लागि आमा समुहका उपाध्यक्ष गंगा बराल, पुष्पलाल पार्कका अध्यक्ष लिलाभक्त बराल, समाजसेवा युवा क्लवका अध्यक्ष अंकित बराल, पोखरा पिस क्लवका अध्यक्ष सुजन बराल, लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो । संस्थाकी अध्यक्ष टिकादेवी अधिकारीको अध्यक्षतामा  भएको कार्यक्रममा संचालन सचिव शारदा गिरीले गर्नुभएको थियो भने स्वागत मनतव्य संस्थाकी उपाध्यक्ष खड्गकुमारी बरालले गर्नु भएको थियो । कार्यक्रम सचिव शारदा गिरीले प्रगति प्रतिवेदन र कृष्णकुमारी बरालले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो ।
२०५२ सालमा स्थापना भएको समुहले विभिन्न सामाजिक सेवामा विभिन्न कार्य गर्दै आएको छ । संस्थाले सिपमुलक तालिम सेमिनारदेखि लिएर विभिन्न संघसस्थालाई सहयोग पनि गर्दै आएको छ । समाजमा भएका विकृति र विसंगतिलाई हटाउन समुहको वडामा अग्रणी भूमिका रहेको छ ।
 
 
 
 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal