बगाले थापा क्षेत्रीको साधारण सभा पोखरामा सम्पन्न :

 
असोज २१,पोखरा
बिभिन्न स्थानबाट पोखरा आई बसोबास गर्दै आएका बगाले थापाह?को छैठौं साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । पोलेमनपा–१६ बाटुलेचौरमा सम्पन्न साधारण सभाका सहभागिह?ले बगाले थापाह?को पहिचान र अस्तित्व संरक्षणका लागि एक हुनुपर्नेमा जोड दिए । सोही समारोहमा बगाले थापा समितिका संस्थापक संयोजक मोहन थापाले २०११ सालमा काठकाण्डौमा भएको थापा भेलाले कुल सुधार मण्डलको गठन गरेको जानकारी गराए । त्यसैगरि २०४५ सालको महाशिवरात्री पर्वमा पोखरामा थापा भेला गराई बगाले थापा कुल सुधार समिति गठन गरिएको पनि उनले उल्लेख गरे । समिति गठन पश्चात म्याग्दीबाट मुलधामी अमरसिंह थापालाई पोखरा ल्याई सेती नदि किनारबाट विधि पूर्वक पुजा आरम्भ गरिएको पनि उनले सो अवसरमा जानकारी गराए ।
झण्डै ८ लाख खर्चमा बाटुलेचौरमा बगाले थापा कुल मन्दिर निर्माण कार्य पनि सम्पन्न गरेको समितिका कोषाध्यक्ष एकबहादुर थापाले सभामा जानकारी गराए । मन्दिर निर्माणका लागि शेरबहादुर थापा र रत्न थापाले जग्गा उपलब्ध गराएका थिए । समितिका जेष्ठ सदस्य इन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा समितिका सचिव झलक थापाले कार्यक्रम सञ्चालन गर्दै समितिले गरेका उल्लेख्य कार्यह?मा प्रकाश पारेका थिए । समितिका अध्यक्ष बद्रिबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा समितिका सल्लाहकार सूर्यबहादुर थापाले पनि थापाह?को इतिहाँसका बारेमा चर्चा गरेका थिए ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal