मगन्ते तथा विपन्न बालबालिकालाई नयाँ कपडा वितरण

पोखरा,१२ असोज अनुप पौडेल बुधबार काठमाडौँका सडक बालबालिका र विभिन्न मन्दिरमा मगन्ते जीवन बिताएका विपन्न बालबालिकालाई दशैँका लागि नयाँ कपडा वितरण गरिएको छ । दीनानाथ प्रतिष्ठानको आयोजनामा ५० जना बालबालिकालाइ नयाँ कपडा बितरण गरिएको हो । माहाकाली मन्दिर, वसन्तपुर, न्युरोड, संकटा मन्दिर र भद्रकाली पुगेर मन्दिरमा रहेका ५० जना बालबालिकालाई नयाँ कपडा वितरण गरिएको मानवअधिकारकर्मी तथा दीनानाथ प्रतिष्ठानका अध्यक्ष दुर्गानाथ दाहालले बताउनुभयो । आफ्नै हातबाट कपडा लगाइ दिन पाउँदा आफु सारै खुसी भएको दाहालले बताउनु भयो ।विगतमा लामो समयदेखि सामाजिक कार्य गर्दै आउनुभएका दाहालले समाज सेवा गर्न लाखौ पैसा चाहिँदैन आफूजस्ता २० जना देशविदेशमा रहेका युवायुवतीले फजुल खर्च र पकेट खर्च बचाएर सामाजिक कार्य गर्दै आएका छौँ, हामीले विभिन्न चाडबाड आउँदा आफ्नो खर्च कम गरेर असहाय दीनदुःखीको सेवा सामाजिक सञ्जालमार्फत देशविदेशमा रहेका सहयोगी नेपाली मनबाट सहयोग रकम प्राप्त गरेर सामाजिक कार्य गरिएको समाजसेवी दाहालले बताउनुभयो । विभिन्न देशविदेशमा रहेका सहयोगी मनबाट उठेको पचास हजार रुपैयाँ बराबरको कपडा बालबालिकालाई वितरण गरिएको हो ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal