मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च नेपाल लिटरेचर फेस्टिभल पोखरामा

 बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा विमोचन हुने भएको छ । पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने सातौं संस्करणको फेस्टिभलको पहिलो दिन कृति विमोचन हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
पेनगुइनले प्रकाशनमा ल्याएको उक्त पुस्तकको नेपाली अनुवाद फाइनप्रिन्टबाट आउने पनि सम्मेलनमा बताइयो । कार्यक्रममा कोइरालाले आफूलाई क्यान्सर लागिसकेपछि भएको दुःख र अनौठो किसिमको अनुभूतिलाई पुस्तकमा समेटेको बताइन् । साथै क्यान्सर भइसकेपछि आफ्नो जीवन कसरी अघि बढिरहेको छ भन्नेसमेत पुस्तकमा उल्लेख रहेको उनको भनाइ छ । ‘क्यान्सर लागेपछि पाएको पुनर्जीवनबारेको अनुभव मैले सबैसमक्ष सेयर गर्नुपर्छ भनेर पुस्तक लेखेकी हुुँ । यो पुस्तक नेपाली भाषामा फाइनप्रिन्टले प्रकाशन गर्दै छ । यसमा म अति खुसी छु,’ उनले भनिन् ।  
उपचारका क्रममा आफूलाई मानसिक एवम् शारीरिक रुपमा कसरी बलियो राखें भन्ने कुरा पनि पुस्तकमा समेटिएको उनले बताइन् । 
कार्यक्रममा फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले मनीषा कोइराला जस्तो चर्चित व्यक्तित्वको पुस्तकलाई फेस्टिभलमा विमोचन गर्न पाउनु आफूहरुका लागि गौरवको विषय रहेको बताए । पुस्तकको नेपाली अनुवाद फाइनप्रिन्टबाट आउने घोषणा गर्न पाउँदा पनि आफूहरु खुसी रहेको उनको भनाइ छ । ‘फेस्टिभलमा पुस्तक विमोचन गर्न पाउनु पनि हाम्रा लागि खुसीको विषय हो । हामी अत्यन्त खुसी छौं,’ उनले भने, ‘यो हाम्रा लागि गौरवको विषय हो ।’ 
अभिनेत्री कोइरालाले नेपाली संस्करणमा प्रकाशन हुने पुस्तकको पेस्कीबापत आएको रकम क्यान्सर केयर नेपाललाई हस्तान्तरण समेत गरेकी थिइन् । पत्रकार सम्मेलनमा कोइरालासँग सहभागीले सवालजवाफसमेत गरेका थिए । 

प्रतिकृया दिनुहोस

मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च नेपाल लिटरेचर फेस्टिभल पोखरामा

माघ १, पोखरा  पोखरावाट सगरमाथा आरोहण अभियानमा केन्द्रित भएर निर्माण गरिएको वृत्तचित्र 'To The Everest and Beyond'  थाईल्याण्डमा आयोजना हुने एशियाली लघु

मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च नेपाल लिटरेचर फेस्टिभल पोखरामा

अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट