सप्तरीमा एमालेको दोस्रो जित, कन्चनरुपको मेयर बने बसन्त मिश्र

सप्तरीको कन्चनरुप नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।


उपमेयरमा भने नेपाली कांग्रेसकी निरु पोखरेल बिजयी भएकी छन् । उनले ४७५८ मत प्राप्त गरेर बिजय हासिल गर्दा एमालेक आशरादेवी चौधरीले ४५२२ मत प्राप्त गरेकी छन् ।एमालेका पूराना नेता बसन्त मिश्र ५०४२ मत प्राप्त गरी कन्चनरुप नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका ललन गुप्ताले ४२७५ मत प्राप्त गरे ।

उपमेयरमा निर्वाचित पोखरेल फोरम लोकतान्त्रिकका सांसद सुबोधकुमार पोखरेलकी पत्नी हुन् ।

यसअघि एमालेले जिल्लाको सप्तकोशी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा जितेको थियो ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal