राजेन्द्र महतोको गाउँपालिकामा उनकै दाजु बने अध्यक्ष

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा राजपा विजयी भएको छ । राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतो मतदाता रहेको चन्द्रनगरको अध्यक्षमा उनका सहोदर दाजु महेन्द्र महतो निर्वाचित भएका हुन् ।

महतोले ३७६१ मत प्राप्त गरेर अध्यक्ष जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्यामप्रसाद सिंहले २६१५ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि राजपाकै विणादेवी साह ३६६३ मत प्राप्त गरी विजयी भएकी छन् । अध्यक्ष मण्डलका तीन अध्यक्षको जिल्ला सर्लाहीमा योसहित राजपाले ५ स्थानीय तह जितेको छ

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal