ताजा खबर

फोरम नेतृ रेणु यादव आफ्नै कार्यकर्ताबाट ‘नजरबन्द’मा

 संघीय समाजवादी फोरमकी बरिष्ठ उपाध्यक्ष रेणु यादव आफ्नै कार्यकर्ताको घेराउमा परेकी छन् ।


यादव प्रदेश अध्यक्ष समेत हुन् । असन्तुष्ट कार्यकर्ताले उनको घर अगाडि सडकमा टायर बालेर बिरोध प्रदर्शन गरेका छन् । केही व्यक्तिले उनको घरमा ढुंगा प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।सप्तरीका केही स्थानीय तहको टिकट वितरणमा एकलौटी गरेको भन्दै असन्तुष्ट कार्यकर्ताले यादवलाई उनकै घरभित्र थुनेर प्रदर्शन गरेका छन् ।

फोरम उपाध्यक्ष रेणुले बेल्ही चपेना गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र सिंहको टिकट खोसेर आफू निकटका चित्रंगन यादवलाई टिकट दिएको उनीहरुको आरोप छ ।

यादवले भने टिकटलाई लिएर आफ्नो घर अगाडि प्रदर्शन भएको तर, अहिले स्थिति समान्य भएको बताएकी छन् ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal