पोखरा सडक महोत्सव थप व्यवस्थित र परिमार्जित हुनुपर्नेमा जोड :

मंसिर २८,पोखरा

रेवान पोखराको आयोजनामा हुन लागेको २० औं पोखरा सडक महोत्सव सफल पार्न शुक्रबार पोखरामा छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफल कार्यक्रमका सहभागिहरुले सडक महोत्सव अन्तर्गत विगतका वर्षहरुमा देखिएका त्रुटीहरु सच्याउँदै यसपटक अझै व्यवस्थित पार्न सुझाव दिएका छन् । उनीहरुले ट्राफिक व्यवस्था, फोहोर मैलाको उचित व्यवस्थापन, भिड नियन्त्रण, सार्वजनिक शौचालय व्यवस्थित पार्किङ्ग, लगायतमा आयोजकले ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।

रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष पुषको १३ देखि १७ गते सम्म लेकसाइडको झण्डै तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्दै आएको छ । महोत्सव नेपालकै पृथक महोत्सव भएकाले पनि यसमा अवलोकनकर्ताको अत्याधिक सहभागिता रहने गर्दछ । नयाँ वर्षको स्वागतका लागि महोत्सवमा जानेहरुले लेकसाइडको सडक खचाखच हुने गर्दछ । यस्तोमा ठूलो दुर्घटना हुन सक्नेतर्फ ध्यान दिंदै आयोजकले सुरक्षा व्यवस्थापनलाई चुस्त पार्नुपर्नेमा पनि सहभागिहरुले जोड दिए ।

दमकल, एम्बुलेन्स लगायतलाई तयारी अवस्थामा राख्नुपर्ने, महोत्सव स्थल बसुन्धरा पार्कमा जाने आउनेहरुको भिडमा मानिसहरु थिचिन सक्ने भन्दै त्यसका लागि बैकल्पिक बाटोको खोजी गरिनुपर्ने, घटना भइहाले तत्काल उपचारका लागि स्वास्थ्यकर्मिको व्यवस्था हुनुपर्ने लगायतका विषयहरुमा पनि सहभागिहरुले सल्लाह सुझाव प्रस्तुत गरे । न्यू इयर इभमा गरिने आतिसबाजीलाई निरन्तरता दिनुपर्नेमा पनि उनीहरुले जोड दिए ।

छलफल कार्यक्रममा पोखरा पर्यटन परिषद्, नेपाल पर्यटन बोर्ड, हान, नाट्टा, टान, डुँगा व्यवसायि संघ, एगा, टेसा, बस, ट्याक्सि व्यवसायि समितिका प्रतिनिधी, वडा नम्बर ६ स्थित राजनीतिक दलका प्रतिनिधी, युवा समुह, पर्यटन महिला समुह लगायतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा रेवानका सल्लाहकार सूर्यबहादुर भुजेल, महासचिव गणेश थापा, वडा नम्बर ६ का वडाध्यक्ष जगत पहारी, पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेल, पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष अशोक पालिखे, नेपाल पर्यटन बोर्डका सूर्य थपलिया लगायतले रेवान पोखरा सडक महोत्सवको आयोजक भएपनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा यसको फाइदा समग्र पोखरेलीलाई पुग्ने हुँदा यसलाई सफल पार्न सबैजना लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

पोखरा सडक महोत्सव थप व्यवस्थित र परिमार्जित हुनुपर्नेमा जोड :

श्री हेरम्वप्रसाद पार्वती कोइराला शिक्षा प्रतिष्ठानद्धारा स्थापित शिक्षा तथा समाजसेवा पुरस्कार यसवर्ष सिद्ध परोपकार गुरुकुलका सस्थापक संचालक

पोखरा सडक महोत्सव थप व्यवस्थित र परिमार्जित हुनुपर्नेमा जोड :

पोखरा, ३ चैत ।  पोखरा ७ मासबारमा रहेको एन्जल्स मन्टेश्वरीको १५ औं अभिभावक तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पोखरा

पोखरा सडक महोत्सव थप व्यवस्थित र परिमार्जित हुनुपर्नेमा जोड :

पोखरा । ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल महिला संघ पोखरा महानगर समितिले न्यून आय भएका तर उद्धमी बन्न चाहने पाँच जना महिलालाइ