सातौं सफलता तिज गित प्रतियोगिताको तयारी तिव्र

 
पोखरा , ३१ साउन
जहाँ सञ्चार त्यहाँ विकास भन्ने नाराका साथ संचालित सफलता मिडिया प्रा.लि ( रेडियो सफलता १०३.४ मेगाहर्ज) को आयोजना तथा नेपाल सरकार, सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीको सहकार्यमा हुने सातौं सफलता तिज गित प्रतियोगिताको तयारी तिव्र पारिएको छ । नेपाल सरकारले लागु गरेको सामाजिक स्वास्थ्य विमा सम्वन्धी विषयलाई आम नागरिक समक्ष पुर्याउन उक्त विषयवस्तु छनौट गरिएको हो । स्थापनाकाल देखी निरन्तर गर्दै आएको तीज गित प्रतियोगीताको मुख्य प्रायोजन जानकि एग्रो प्रर्डक्ट नयाँवजारले गरेको छ । वर्षेनी मौलिक संस्कृति लोकलयमा आधारित समय सान्र्दभिक विषयवस्तुमा केन्द्रित प्रतियोगीता आयोजना गर्दै आएकोमा यसवर्ष सामाजिक स्वास्थ्य विमालाई जोड दिईएको प्रबन्ध निर्देशक दुर्गा अधिकारीले जानकारी दिनुभयो ।स्वास्थ्य विमा कार्यक्रमको आवद्धताले आम नागरिकलाई विरामी पर्दा आर्थिक सुरक्षा प्रदान गर्दछ । हरेक मानिसले आफु र आफ्नो परिवार, समाजका लागि योगदान गर्दा समग्र देशलाई पनि सहयोग गरिरहेको हुँदा यति महत्वपूर्ण कार्यलाई संचार क्षेत्रबाट आम नागरिक समक्ष पुर्याउनका लागि यो विषयवस्तु रोजिएको रेडियोका निर्देशक गोविन्द कोइरालाले जानकारी दिनुभयो । स्वस्थ व्यक्तिले जिवनमा जस्तोसुकै कामहरु पनि गर्नसक्छ त्यसैले आफु स्वस्थ रहँदै सामाजिक स्वास्थ्य विमामा आधारित सन्देस प्रवाहका साथै संस्कार र संस्कृतिको जर्गेना गर्नमा आमा दिदीबहिनीको महत्वपूर्ण भुमिका हुने भएकाले यसवर्ष तिजलाई स्वास्थ्य विमा संग जोड्ने प्रयत्न गरिएको समाचार शाखाका प्रमुख सावित्रा कोइरालाले बताउनुभयो ।  रेडियोले विगतका वर्षमा भुकम्पीय सुरक्षा र मनोसामाजिक परामर्श, वातारणीय सरसफाई, साक्षरता जिल्ला घोषण गर्ने कार्यक्रम सफल पार्न साक्षरतामय तिज जस्ता विषयमा कार्यक्रम गरिसकेको रेडियोका कार्यक्रम संयोजक मधु अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा विगतका वर्षमा जस्तै ३० देखि ३५ टिमको सहभागिता रहने अपेक्षा गरेको  रेडियोले टिम दर्ता धमा धम भइरहेको जनाएको छ । प्रतियोगीतामा पहिलो हुनेलाई नगद रु. १५ हजार, द्धितियलाई रु १० हजार, तृतिय हुनेलाई रु ५ हजार र साम्त्वना,अनुशासित,उत्कृष्ठ भेष भुषालाई २/२ हजारको साथमा प्रमाण पत्र पुरस्कार स्वरुप प्रदान गरिने छ । प्रतियोगीता सम्पन्न गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal