पोखरा स्काइ स्पोर्टस् दीपक बज्राचार्यको "मन मगन " घन्कदै :
पोखरा
पोखराको भाटभटेनीको माथिल्लो तल्लामा रहेको पोखरा स्काइ स्पोर्टस् संचालनको तयारी पुरा भएको छ । मंसिर २८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रममा चर्चित गायक दीपक बज्राचार्य लगाएत एड्रिन प्रधान , स्वप्न सुमन , अन्य कलाकार हरुले साँगितिक प्रस्तुति दिनेछन् भने चर्चित मोडल निति शाहा सगै फेशन शो पनि रहेको छ । कार्यक्रममा तिन दिन सम्म नेपालका कलाकारहरुको बेजोड प्रस्तुति रहने ईभेन्ट म्यानेजर महेश्वर शिह भण्डारीले जानाकार िदिए । पोखरामा एउटै छानामुनी मानिसको जीवनशैली प्रष्टसँग झल्किने यस्तो खाले हब पहिलोपटक निर्माण गरिएको हो । र, शायद यो नेपालमै पहिलो कन्सेप्ट हो । रेष्टुरेन्टले ग्राहकहरुलाई नै लक्षित गरि विशेष हाइजेनिक फूड उपलब्ध गराउने रेस्टुरेन्ट, बार र क्याफेलाई पनि सँगै संचालनमा ल्याएको छ रेष्टुरेण्ट सँगै खेलकुदलाई प्राथमिकता संरचनामा निर्माण गरिएको छ । स्काई स्पोर्टस्मा फुटसलका लागि दुईवटा ग्राउण्ड छन् । खेलकुदको माध्यमबाट पोखरा शहरका मानिसहरुलाई स्वास्थ्य जीवन जिउन सन्देश दिने लक्ष्य रहेको स्काई सपोट ले जनाएको छ, । यहाँ फुटसल, लन टेनिस, साउना स्टिम, ज्याक्युजी, पुलसगैँ भर्चुअल रियालीटी र प्ले स्टेशनको सुविधा रहेको छ । यसका साथै खेल सगै हाइजेनिक खाना खुवाउने उदेश्यले रेष्टुरेण्ट पनि संचालन गरिएको छ । पोखराबाट देखिने सबै हिमालहरुको मनोरम दृश्य देख्न सकिने उक्त स्थानमा ग्राहकको क्षमता अनुसार खेलकुदमा प्याकेजको व्यवस्था गरिएको छ । उक्त रेष्टुरेन्ट मा एकै पटकमा १०० जना भन्दा बढीले सगै बसेर खान मिल्ने र व्यवस्थीत ढङ्गले खेल सगै आराम गर्ने रेष्टुरेन्ट, बार र क्याफेको सुविधाले युवावर्गलाई आकर्षित गर्ने छ । ग्राहकको लागी सिल्भर, गोल्ड र प्लाटिनम गरि तिनवटा कार्ड र सोही अनुसारको सुविधाको प्याकेज रहेको छ ।
लगभग ८ करोडको लगानीमा बनेको स्काइ स्पोर्टस र रेष्टुरेन्टको निमार्ण पुरा भएको छ । बिभिन्न खेलहरु खेल्न , हेर्नका लागि ३ सयदेखि ५०० जना अटाउन सक्ने सञ्चालक शुदिप दवाडिले बताए । खेल्न र खान जाने सबै ग्राहकलाई टिकट स्टिम राखिएको छ ।
पोखरा स्काइ स्पोर्टस् दीपक बज्राचार्यको "मन मगन " घन्कदै :
श्री हेरम्वप्रसाद पार्वती कोइराला शिक्षा प्रतिष्ठानद्धारा स्थापित शिक्षा तथा समाजसेवा पुरस्कार यसवर्ष सिद्ध परोपकार गुरुकुलका सस्थापक संचालक
पोखरा स्काइ स्पोर्टस् दीपक बज्राचार्यको "मन मगन " घन्कदै :
पोखरा, ३ चैत । पोखरा ७ मासबारमा रहेको एन्जल्स मन्टेश्वरीको १५ औं अभिभावक तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पोखरा
पोखरा स्काइ स्पोर्टस् दीपक बज्राचार्यको "मन मगन " घन्कदै :
पोखरा । ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल महिला संघ पोखरा महानगर समितिले न्यून आय भएका तर उद्धमी बन्न चाहने पाँच जना महिलालाइ
प्रतिकृया दिनुहोस