पोखरा स्काइ स्पोर्टस् दीपक बज्राचार्यको "मन मगन " घन्कदै :
पोखरा
पोखराको भाटभटेनीको माथिल्लो तल्लामा रहेको पोखरा स्काइ स्पोर्टस् संचालनको तयारी पुरा भएको छ । मंसिर २८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रममा चर्चित गायक दीपक बज्राचार्य लगाएत एड्रिन प्रधान , स्वप्न सुमन , अन्य कलाकार हरुले साँगितिक प्रस्तुति दिनेछन् भने चर्चित मोडल निति शाहा सगै फेशन शो पनि रहेको छ । कार्यक्रममा तिन दिन सम्म नेपालका कलाकारहरुको बेजोड प्रस्तुति रहने ईभेन्ट म्यानेजर महेश्वर शिह भण्डारीले जानाकार िदिए । पोखरामा एउटै छानामुनी मानिसको जीवनशैली प्रष्टसँग झल्किने यस्तो खाले हब पहिलोपटक निर्माण गरिएको हो । र, शायद यो नेपालमै पहिलो कन्सेप्ट हो । रेष्टुरेन्टले ग्राहकहरुलाई नै लक्षित गरि विशेष हाइजेनिक फूड उपलब्ध गराउने रेस्टुरेन्ट, बार र क्याफेलाई पनि सँगै संचालनमा ल्याएको छ रेष्टुरेण्ट सँगै खेलकुदलाई प्राथमिकता संरचनामा निर्माण गरिएको छ । स्काई स्पोर्टस्मा फुटसलका लागि दुईवटा ग्राउण्ड छन् । खेलकुदको माध्यमबाट पोखरा शहरका मानिसहरुलाई स्वास्थ्य जीवन जिउन सन्देश दिने लक्ष्य रहेको स्काई सपोट ले जनाएको छ, । यहाँ फुटसल, लन टेनिस, साउना स्टिम, ज्याक्युजी, पुलसगैँ भर्चुअल रियालीटी र प्ले स्टेशनको सुविधा रहेको छ । यसका साथै खेल सगै हाइजेनिक खाना खुवाउने उदेश्यले रेष्टुरेण्ट पनि संचालन गरिएको छ । पोखराबाट देखिने सबै हिमालहरुको मनोरम दृश्य देख्न सकिने उक्त स्थानमा ग्राहकको क्षमता अनुसार खेलकुदमा प्याकेजको व्यवस्था गरिएको छ । उक्त रेष्टुरेन्ट मा एकै पटकमा १०० जना भन्दा बढीले सगै बसेर खान मिल्ने र व्यवस्थीत ढङ्गले खेल सगै आराम गर्ने रेष्टुरेन्ट, बार र क्याफेको सुविधाले युवावर्गलाई आकर्षित गर्ने छ । ग्राहकको लागी सिल्भर, गोल्ड र प्लाटिनम गरि तिनवटा कार्ड र सोही अनुसारको सुविधाको प्याकेज रहेको छ ।
लगभग ८ करोडको लगानीमा बनेको स्काइ स्पोर्टस र रेष्टुरेन्टको निमार्ण पुरा भएको छ । बिभिन्न खेलहरु खेल्न , हेर्नका लागि ३ सयदेखि ५०० जना अटाउन सक्ने सञ्चालक शुदिप दवाडिले बताए । खेल्न र खान जाने सबै ग्राहकलाई टिकट स्टिम राखिएको छ ।
पोखरा स्काइ स्पोर्टस् दीपक बज्राचार्यको "मन मगन " घन्कदै :
माघ २६, पोखरा । पोखराको मदरल्याण्डमा बुधबार सुरु भएको त्रिदिवसीय बृहत् सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी तथा विविध सम्मान शुक्रबार विद्यालय
पोखरा स्काइ स्पोर्टस् दीपक बज्राचार्यको "मन मगन " घन्कदै :
पोखरा–२०, श्री १०८ स्वामी देवानन्द वेदान्त केशरी महाराजजीको ४७ औं स्मरण दिवसको अवसरमा श्री साईदेव साधना कुटीरद्वारा प्रकाशित २ वटा कृतिहरु एक भव्य
पोखरा स्काइ स्पोर्टस् दीपक बज्राचार्यको "मन मगन " घन्कदै :
काठमाडौं । नेपाली टेलिभिजन ईतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाईनलिस्टहरुको भजन तथा श्रीमुख वाणीको धार्मिक
प्रतिकृया दिनुहोस