ऐतिहासीक राजाको चौतारामा सफाई कार्य सम्पन्न

 
पोखरा २८ साउन,
पोखरामा जारी ६३ औं हप्ताको सफाई अभियान वडा नं ३२ स्थित ऐतिहासिक राजाको चौतारामा उल्लेख्य उपस्थिति सहित सम्पन्न भएको छ । 
अभियानको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रहरी नायब उपरिक्षक रामचन्द्र पौडेलले राष्ट्ीय गान बजाएर शुभारम्भ गरेका थिए भने सामाजिक अभियानता एवंम नागरिक समाज पोखराका अगुवा इन्द््र कमल मानन्दरले सरसफाई र राष्ट् भावनाको सफथ गराएकी थिइन् । 
सफाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, हाम्रो क्रिउ स्काउट, महिला क्लब पोखरा, दिप यूनाइटेड क्लब, नमूना आमा समूह तल्लो हेम्जा, ब्रम्हरुपा मावि, विभिन्न क्षेत्रका अभियान्ताहरु,स्थानिय आमा समूह ,टोल विकास संस्था, ब्यापारिक समूह, स्थानिय जनप्रतिनिधि लगाएत वडावासीहरुले ऐक्यबध्दता जनाएको नागरीक समाज पोखराका संयोजक राम बहादूर पौडेलले बताए । 
हप्ताको एक घन्टा राष्ट्का लागि स्वयं सेवा भन्ने नाराका साथ सञ्चालित यस पटकको सफई अभियानमा झण्डै ११ टन फोहोर मैला संकलन गरिएको सरसफाइ शाखाका नासु हर्क गाएकले जानकारी दिए ।
कार्यक्रममा वडा अध्यक्ष अक्कल बहादूर कार्कीले सहभागीहरुलाइ धन्यवाद ज्ञापन गरेका थिए ।
६४ औं हप्ताको सफाइ अभियान वडा नं ३३ को बाघमारामा हुने बताइएको छ ।
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal