अब भरतपुरमा पनि हर्न निषेधित क्षेत्र

 राजधानी काठमाडौं र पोखरासँगै अब भरतपुरमा पनि हर्न निषेधित क्षेत्र बन्ने भएको छ । भदौ १ गतेदेखि भरतपुर र नारायणगढको राजमार्ग क्षेत्र र भित्री भागमा समेत हर्न बजाउन रोक लगाउन लागिएको हो ।


आकस्मिकबाहेक अन्य अवस्थामा हर्न बजाउन पाइने छैन । गम्भीर दुर्घटना हुने गरी खतरा भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ ।केन्दि्रय बस टर्मिनल भरतपुर, चौवीसकोठी, नारायणगढ लायन्सचोक, शहिदचोक, पुल्चोक, नारायणगढ बसपार्क, मध्यक्षेत्र प्रहरी तालिम केन्द्र अगाडि लगायतका क्षेत्रमा हर्न निषेध गर्न लागिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

‘हर्न निषेधित क्षेत्रका चोकचोकमा बसेर जाँच हुन्छ’ ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले भने, चालकहरुमाथि कारर्वाही गर्नेभन्दा पनि उनीहरुको आदत बसाल्ने कुरा मुख्य हो ।’

गत वैशाख १ गतेदेखि काठमाडौंमा आकस्मिकर् सवारी साधनलाइ बाहेक अन्य सवारी साधनमा हर्न निषेध गरिएको छ । साउन १ देखि पोखरामा पनि हर्न निषेध गरिएको छ ।

निषेधित क्षेत्रमा हर्न बजाएर पहिलो पटक पाँचसय र दोस्रो पटक एकहजार जरीवाना गर्ने कानुनी व्यवस्था छ ।

 

 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal