श्रीकृष्ण जन्माष्टमीलाई भव्य बनाउने तयारी :

 
सभागृहदेखि केदारेश्वरसम्म झाँकीसहित शोभायात्रा हुने
पोखरा, २५ साउन
 
श्रीकृष्ण जन्माष्टमी पर्वलाई पोखरामा यसपालि भव्य बनाउने तयारी गरिएको छ ।साउन महिनाको अन्तिम सोमबार ३० गते परेको श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा विश्व हिन्दू महासंघले तयारी तीव्र पारेको छ ।
श्रीकृष्ण जन्माटमी महोत्सव मूल समारोह समितिअन्तर्गत प्रचार प्रसार उपसमितिको बुधबार बैठक सम्पन्न भएको छ ।
उपसमिति संयोजक दुर्गा अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठकले प्रचारका लागि विभिन्न व्यक्तिलाई सल्लाहकार तथा सदस्य चयन गरेको छ । कार्यक्रमको सक्दो प्रचार गरी सहयोग गरिदिन पनि सम्पूर्ण संचारकर्मी, पत्रकार तथा मिडिया हाउसलाई अनुरोध गरिएको छ। पोखराको सभागृहचोकदेखि सोमबार बिहान ९ बजे निस्कने झाँकीसहितको
शोभायात्रा सृजनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिर पुग्नेछ ।
केदारेश्वर मन्दिर नजिकको कोमागानेपार्कमा हुने विशेष समारोहमा भजन
चुड्का प्रतियोगिता हुने विश्व हिन्दू महासंघ महिला नगर समिति अध्यक्ष पार्वती पौडेलले जानकारी दिइन् । त्यस्तै, राधाकृष्ण प्रतियोगिता, उत्कृष्ट सहभागी संस्था, उत्कृष्ट भजन झाँकी प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्नुका साथै कृष्ण झुला, कृष्ण पूजन हुनेछ ।
कार्यक्रममा आ आफ्नो संस्थाको व्यानरसहित साना साना बाबुनानीलाई
राधाकृष्ण बनाएर शोभायात्रामा सहभागी गराइ कार्यक्रम सफल पारिदिन विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खरालले आग्रह गरे ।
यसैबीच, केदारेश्वर मन्दिरले साउनमा आयोजना गरेको बोलबम जलयात्राका सहभागी भक्तजन उक्त दिन सोमबार परेकोले बगरबाट जल लिई सभागृहबाट सुरु हुने श्रीकृष्ण जन्माष्टमी शोभायात्रामा मिसिने कार्यक्रम छ । उक्त कार्यक्रममा मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा मणिभद्र मुनिजी महाराजको सानिध्यता हुनेछ ।
बैठकमा प्रचार संयोजक दुर्गा अधिकारी, सहसंयोजक विजय नेपाल, सचिव दीननाथ बराल, विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खराल, सचिव रामजी बराल, जिल्ला कोषाध्यक्ष तीर्थ अधिकारी, विश्व हिन्दू महासंघ नगर समिति अध्यक्ष जगन्नाथ कोइराला, उपाध्यक्ष गीता आचार्य, महिला नगर समिति अध्यक्ष पार्वती पौडेल, नगर महिला प्रथम उपाध्यक्ष मेनुका बराल, सचिव रमा ढकाललगायतले बोलेका थिए ।
 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal