इमिल तेक्वान्दो डोजाङमा टिपिसी तालिम सम्पन्न :

 
काठमाडौं । इमिल तेक्वान्दो डोजाङमा तेक्वान्दो पिस कप्र्स(टिपिसी) तालिम सम्पन्न भएको छ । बानेश्वरस्थित आफ्नै डोजाङमा भएको ३ दिने टिपिसी तालिममा कोरियाली प्रशिक्षकले प्रशिक्षण दिएका थिए । चार कोरियाली प्रशिक्षक इन योङ जियोन, सियोक यो होङ,बो ही सन र योन्जिन लिले प्रशिक्षण गराए । कुल १ सय ५० खेलाडीको सहभागिता रहेको तालिम १० खेलाडी उत्कृष्ट भएको डोजाङ प्रमुख विश्वराज बायुङ राईले बताए ।
 उत्कृष्ट १० खेलाडीमा स्वरुप राई,सुमित फुयाँल,सुसान्त राई,अंकित लिम्बु,निमा शेर्पा,डिना राई,रितिका राई,जुना राना,स्वरुपा राई र निराजन विष्ट घोषित भए । इमिल तेक्वान्दो डोजाङको आयोजनामा भएको टिपिसी तालिममा फाइट,पुम्से र विभिन्न डेमोन्स्ट्रेसनबारे प्रशिक्षण दिइएको डोजाङ प्रमूख विश्वराज बताए । प्रशिक्षण लिएका खेलाडीलाई प्रमुख अतिथी नेपाली कांग्रेसका सांसद मोहनकुमार राई,डोजाङ प्रमुख विश्वराज र स्थानीय समाजसेवीलगायतले प्रमाणपत्र प्रदान गरे । सो अवसरमा सांसद राईले खेलाडी राष्ट्रका गहना भएकाले उनीहरुको संरक्षणमा राज्यले विशेष भूमिका खेल्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हिरा थापालगागतको उपस्थिती रहेको थियो । गत ५ जुलाईमा टिपिसी तेक्वान्दो प्रशिक्षणका लागि नेपाल आएका समान २ पुरुष र महिला कोरियाली प्रशिक्षक आगामी १३ अगस्टमा कोरिया फर्कनेछन् । डोजाङ प्रमूख राईले टिपिसी प्रशिक्षणबाट खेलाडीको प्रतिभा केही निखार आउने विश्वास ब्यक्त गरे ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal