पोखरा चिसाखोला वेद विद्याश्रममा कक्षा ११ को शुभारम्भ

पोखरा २५, श्रावण
पोखरा लेखनाथ महानगर पालिका १८, कास्की स्थित पोखरा चिसाखोला वेद विद्याश्रममा ११ कक्षा संचालन भएको छ । वैदिक विधि अनुसार एक कार्यक्रमका बीच बुधबार कक्षा शुभारम्भ भएको हो ।
कार्यक्रममा बोल्दै बेद विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले, वैदिक धर्म र संस्कृतिको संरक्षणमा वेद विद्याश्रमको योगदान अतुलनिय रहेको भन्दै, साधारण विद्यालयबाट १० पास गरेका र इच्छा तथा चाहना भएकाले पनि कक्षा ११ मा भर्ना हुन पाउने कुरा अवगत गराउनु भयो । नेपाली काङ्ग्रसका वडा सभापति शिव प्रसाद तिमिल्सिनाले, वेद विद्याश्रम वडाको गहना भएको बताउँदै यसको उन्नति र विकासमा सम्पूर्ण वडाबासी लाग्नु पर्नेमा जोड दिनुभयो । ने.क.पा. एमाले का का.वा. वडा अध्यक्ष पुस्कल व. थापाले, अहिले धर्म, संस्कृतिको लोप हुँन लागेको अबस्थामा वेद विद्याश्रमले धर्म संरक्षणमा गरेको योगदानको कदर गर्दै आँफू र आफ्नो पार्टीले हरबखत सहयोगमा जुट्ने बचन दिनु भयो । ने.क.पा. माओवादी (केन्द्र) का केन्द्रीय सदस्य राजु शर्मा तिमिल्सिनाले अहिलेको युगमा वेदको महत्व बढ्दै गएको भन्दै, विद्याश्रमले चालेको कदम प्रगति आफ्नो पूर्ण साथ रहेको र विद्याश्रमको हरेक कार्यमा हातेमालो गर्न तयार रहेको बताउनु भयो । कार्य समिति अध्यक्ष भगवती अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वेद गुरु अग्निहोत्रृ पं. केदारनाथ उपाध्यायले आर्शिवचन सुनाउँदै वैदिक धर्मको रक्षाका लागि सबै लाग्नु पर्ने बताउनु भयो । उक्त अवसारमा विद्याश्रम अभिभावक संघका अध्यक्ष शिवप्रसाद बराल, प्रअ श्रीराम तिमिल्सिना, ईश्वर रेग्मी, विद्यार्थी प्रदीप पौडेल, विदुर भट्टराई लगाएतले आफ्नो आफ्नो मन्तव्य राखेका थिए ।
सोही अवसरमा कक्षा ११ संचालनार्थ सहयोग पुगोस् भन्ने हेतुले शिवप्रसाद तिमिल्सिनाद्वारा दश हजार, राजु शर्मा तिमिल्सिनाबाट पाँच हजार पाँच सय पचपन्न, शिवप्रसाद बरालबाट पाँच हजार पाँच, पुष्कर बहादुर थापाबाट दुई हजार, माया पौडेलबाट एक हजार पाँच दान सहयोग दिनुभएको थियो । प्रमुख अतिथि संरक्षक अग्निहोत्रृ पं. केदारनाथ उपाध्याय तथा ३ वटै पाटीका प्रतिनिधिले पानसमा बत्ती बाली समुद्घाटन भएको कार्यक्रममा विद्यार्थी वटुहरुले वैदिक स्वस्ति बाचन पढेका थिए । शिक्षक मनहरी दवाडीले स्वागत मन्तव्य, विद्यार्थी आशिष बाँस्तोलाको समूहले स्वागत भजन प्रस्तुत गरेको कार्यक्रमको संचालन विद्याश्रमका सचिव गंगासागर उपाध्यायले गरेका थिए ।
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal