४३ औं भू.संरक्षण दिवसको अबसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न :

 
संघियतामा जलाधार दिगो विकासको आधार भन्ने मूल नाराका साथ ४३ औं भू.संरक्षण दिवस आज पोखरामा मनाइएको छ । जिल्ला भू.संरक्षण कार्यलय कास्कीको आयोजनामा पोखरा लेखनाथ महा –नगरपालिका वडा नं ११ काहुँ भन्ज्याङ स्थित बस्नेत कृषि फार्र्मको करिब १२५ रोपनी जग्गामा राइ–खनियो, निमारो, लप्सी, कोइरालो, अम्रिसो लगाएतमा बोट बिरुवा वृक्षरोपण गरि मनाइएको हो । उतm कार्यक्रममा बोल्दै प्रमुख अतिथि पो≥.ले.म.न.पा वडा नं ११ का वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले यस्ता खाली जग्गामा वृक्षारोपण गर्नाले वातावरणमा मात्र नभएर दिगो जिविकोपार्जनमा पनि टेवा पु¥याउने भन्दै आफ्नो वडामा उक्त कार्यक्रम ल्याएकोमा खुसी व्यतm गर्नु भयो ।
आयोजकको तर्फ बाट जिल्ला भू संरक्षण कार्यलयका निमित्त अधिकृत नारायण प्रसाद पौडेलले कार्यक्रमको उद्देश्य प्रकाश पार्दैे नेपालमा वर्षेनी हुने बाढी ,पहिरो र नदी कटन बाट  मानविय तथा भौतीक क्षती हुदै आएको र यस्को न्यूनीकरणका लागि गाउँ बस्ती सम्म जनचेतना  जगाउन  आफूहरुले कार्यक्रम आयोजना गरेको बताउनु भयो । 
कार्यक्रममा स्वागत गर्दै बस्नेत कृषि फार्मका अध्यक्ष तिर्थ बहादुर बस्नेतले राष्ट्रीय कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला भू संरक्षण कार्यलयको सहयोगमा काहुँ लाई पकेट क्षेत्रको रुपमा विकास गरिएको र कार्यक्रमले  आयआर्जन बृद्धी गर्नका लागीे थप टेवा पुग्ने बताउनु भया े। 
विभिन्न संघसस्था तथा सामाजीक व्यक्तिहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन जिल्ला भू संरक्षण कार्यलय कास्कीका भू संरक्षण सहायक प्रकाश थापाले गर्नु भएको थियो । 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal