सफलताका साथी संग अन्तरक्रिया कार्यक्रम सम्पन्न :

 
पोखरा २२ साउन
सफलता मिडिया प्रा.लिद्धारा संचालित रेडियो सफलताका नियमित स्रोतासँग रेडियोबाट प्रसारित कार्यक्रम त्यसको प्रभावकारिता तथा भावी कार्य योजना बारेमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।स्रोताबाट सुझाव संकलन गर्ने उद्धेश्यले सफलताका स्रोता  साथी संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगर स्तरीय टोल विकास संस्था समन्वय समितीका उपाध्यक्ष उत्तम जोशीले सफलताका कार्यक्रम आम नागरिकलाई जगाउने किसिमको भएको भन्दै त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उच्चबार पोखरा कार्य समितिका सदस्य भुवानी बरालले सफलता समाजमा सवैको साथी भएकोमा खुसी व्यक्त गर्नुभयो । सिद्घार्थ राजमार्ग टोल विकाश संस्थाका अध्यक्ष आत्म तुलाचनले रेडियोले आम नागरिकलाई समेटेर अगाडी बढेको कारण यसको प्रभावकारिता समाजमा बढेको बताउनुभयो । सहभागी स्रोताले रेडियोले राजनितिक विषय भन्दा सामाजिक विषय, कृषि, अध्यात्मिक, शिक्षा, महिला शसत्तीकरण, आर्थिक लगायतका विषयलाई लिएर अगाडी बढ्न सुझाव दिएका थिए । संचारको पहुँच आम नागरिक समक्ष पुर्याउने अभियानमा लागेको रेडियो सफलतालाई टोलटोलका गतिविधि, आमाका कुरा, स्वास्थ्य सम्वन्धी विषयमा कुराकानी, विकासका एजेण्डामा छलफल, लागु औषधको विकृतिलाई हटाउनुपर्ने, महिला हिंसालाई रोकथाम लगायतका विषयलाई जोड दिन सुझाव दिएका थिए । कार्यक्रममा रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले अव रेडियोमा हामी रेडियोकर्मी मात्र होइन, अनुभवले खारिएका नागरिकहरु बोल्नुपर्ने बेला आएको बताउनुभयो । साथै उहाँले रेडियो एक्लोपनको साथी भएको हुँदा अव रेडियोलाई एकोहोरो होइन दोहोरो बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम बड्लादी आमा समुहका अध्यक्ष विनिता बराल, एस नेपालका अध्यक्ष सरस्वती परियार, रत्नचोक टोल विकास संस्थाका अध्यक्ष पार्वती पनेरु, अभियान युवा क्लव महिला उपसमितिका राजकुमारी थापा, शुक्लागण्डकीका स्रोता झलकमाया अधिकारी लगायतले बोल्नुभएको थियो । बिभिन्न क्षेत्रका करिब ४० जना स्रोता को सहभागिता रहेको उतm कार्यक्रमको सहजीकरण रेडियो विज्ञ प्रतीक भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको संचालन रेडियो सफलताका अन्जु बरालले गर्नुभएको थियो । 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal