सफलता नेपालको बाख्रा पैचो तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

 
धिताल गाउँ, कास्की,
साउन 
पिछडिएका समुदायमा आर्यआजर्न वृद्घि कार्यक्रमको सुरुवात माछापुच्छे गाउपालिका वडा नं ६ मा भएको छ । सफलता नेपालको सफलता एलन महिला सशक्तिकरण परियोजनाले ४  बाख्रा स्थानिय बासिन्दालाई  हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रमा बोल्दै माछापुच्छ«े गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी हरिश्चन्द्र ढुङ्गानाले खुशी व्यक्त गर्दै आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । सोही कार्यक्रममा नेपाली कांगे्रस जिल्ला कार्यसमितिका सदस्य विष्णुबहादुर क्षेत्रीले महिला सशक्तीकरणमा पुरुषले पनि साथ दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल किसान संघका महाधिवेशन प्रतिनिधी शिव अधिकारीले अवसरको सही उपयोगमा जोड दिनुभयो । त्यसैगरी स्थानिय  किसान नन्दु अधिकारीले यस्तो कार्यक्रमको निरन्तरतामा लाग्नुपर्ने बताउनुभयो ।
 परियोजना अन्तगर्त स्थानिय किसानहरु चन्द्रकली पौडेल, बुद्घिमाया अधिकारी, प्रकाश सुनार र ओमबहादुर तामा∙ले बाख्रा प्राप्त गरेका थिए। उक्त बाख्रा पैचो परियोजना धम्पुस, सार्दिखोला, ढिकुरपोखरी र पुम्दीभुम्दीमा पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको सफलता नेपालका अध्यक्ष दुर्गा अधिकारीले जानकारी गराउनुभयो ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal