अब मुग्लिन पारि त्रिशूली तिरै–तिर दुई लेनको सडक !

सरकारले मुग्लिन–नारायणगढ सडकको विकल्पमा अर्को सडक बनाउने योजना अघि सारेको छ ।

मुग्लिनबाट चितवन, रामनगर नजिकै ठिमुरासम्म दुई लेनको वैकल्पिक सडक बनाउन सडक विभागले अध्ययन गर्न लागेको हो । मुग्लिन पारि त्रिशुलीको तिरै–तिरका क्षेत्रलाई समेटेर सडक बनाउन एसियाली विकास बैंक (एडीबी) अन्तरगतको सडक आयोजना निर्देशनालयले तयारी थालेको हो ।

आयोजनाका निर्देशक केशवकुमार शर्माका अनुसारसम्भाब्यता अध्ययनका लागि परामर्शदाता छान्न टेण्डर भइसकेको छ । अबको एक वर्षभित्र सम्भाब्यता अध्ययन सक्ने र उचित देखिए विस्तृत परियोजना प्रतिवेदन तयार गर्न सुरु गरिने गर्नेसरकारको योजना रहेको शर्माले बताए ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal