तीज गीत ‘चिल्लो गाडीमा’ सार्वजनिक :

गायिका जमुना सनम र गायक शंकर ढकालको तीज गीत ‘चिल्लो गाडीमा’ सार्वजनिक भएको छ ।

गायक ढकालको लय शब्दमा सार्वजनिक गरिएको उक्त गीतमा गायिका सनमले स्वरमा साथ दिएकी छिन् । गीतमा ढकालले गायिका सनमलाई यसपालीको तीजमा चिल्लो गाडीमा घुमाउने बताएका छन् ।

यसअघिका तीजमा एक्लै भएपनि अहिले तीजमा चिल्लो गाडीमा घुम्न गायिका सनम पनि राजी भएको गीतमा देखाईएको छ ।

म्युजिक ल्यावको प्रस्तुती रहेको ‘चिल्लो गाडीमा’ गीतको म्युजिक मिडियोमा केशव, सचिना, संन्दिप, मञ्जु, गणेश र उस्मिताको अभिनय देख्न पाइन्छ । https://youtu.be/AlC8mVlZYK0

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal