आज ७० औं अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवस मनाईंदै

बिश्वभर ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईंदै छ । सन् १९४८ मा मानव अधिकारको विश्वब्यापी घोषणापत्र जारी भएपछि विश्वभरी डिसेम्बर १० तारीखका दीन अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाउन शुरु गरीएको हो ।

विधिको शासनको अभावले गर्दा लामो समयअघिका पीडितले समेत न्याय पाउन सकेका छैनन् । 
विगत दशवर्षे सशस्त्र युद्धको समयमा ठूलो संख्यामा हत्या, हिंसा तथा अपहरणजस्ता मानव अधिकार हनन्का घटनाहरु भएका थिए । 
युद्धका घाउमा मल्हम लगाउने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन गर्ने भनिए पनि गठन हुन सकेका छैनन् । 
द्वन्द्वको कालखण्डमा सन् २००३ र २००४ नेपाल विश्वमै सर्वा्धिक नागरिक बेपत्ता पारिने मुलुक नै बन्न पुगेको थियो । 
अन्तर्रा्ष्ट्रिय रेडक्रसका अनुसार द्वन्द्वका बेला दुवै पक्षद्वारा नियन्त्रणमा लिएकामध्ये १ हजार ३ सय ५० भन्दा बढी नागरिकको अझै पत्तो लाग्न सकेको छैन । 
मुलुक संक्रमणकालमा गुज्रिनुका साथै नयाँ संविधान जारी हुन नसक्दा मानव अधिकारको अवस्था जोखिमपूर्ण रहेको अधिकारकर्मीहरु बताउँछन् । 

त्यस्तै मानब अधिकार दिवसको पूर्व सन्ध्यमा भएको कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष इन्द्र प्रसाद अर्यालले कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने बहानामा सरकारले बेइमानी गर्नसक्ने बताएका छन । सरकारले पन्तको हत्यारा खडा गर्दैमा स्वीकार गर्न नसकिने उनको जिकिर छ ।

 भक्तपुर शाखाले भेलुखेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने , ”सरकार निर्मलाको शव भेटिएको ठाउँलाई दुर्व्यसनीको अखडा करार गरेर कुनै लागू औषधको दूर्ब्यसनमा लागेको केटोलाई दोषी देखाउने कसरतमा छ तर तथ्यहरुले स्पष्ट गरिसकेको छ घटनास्थलमा बलात्कार भएको होइन ।” घुडा घुडा पानी भएको ठाउँमा बलात्कार हुन नसक्ने भन्दै उनले फेरिपनि नियोजित रुपमा दोषी देखाउन खोजिएको दावी गरे । ”सरकारले भन्दैमा मान्न सकिदैन, वास्तविक अपराधी सार्वजनिक नहुदा सम्म हामी चुप रहदैनौ ।” उनले भने ।

प्रतिकृया दिनुहोस

आज ७० औं अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवस मनाईंदै

माघ १, पोखरा  पोखरावाट सगरमाथा आरोहण अभियानमा केन्द्रित भएर निर्माण गरिएको वृत्तचित्र 'To The Everest and Beyond'  थाईल्याण्डमा आयोजना हुने एशियाली लघु

आज ७० औं अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवस मनाईंदै

अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट

आज ७० औं अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवस मनाईंदै

 अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट