डा. अनिल भट्टराईः जसले नेपालमै सम्भव बनाए काखीमा प्वाल पारेर मुटुको शल्यक्रिया

२७ असार काठमाडौं । मुटुको शल्यचिकित्सामा छोटो समयमै ख्याति कमाएको नाम हो, डा. अनिल भट्टराई । नेपालमा रहेका अन्तर्राष्ट्रियस्तरका थोरै डाक्टरहरुको सूचीमा उनलाई राख्न कञ्जुस्याई गर्नु पर्दैन ।

डा. भट्टराई काखीमुनी प्वाल पारेर मुटुको शल्यक्रिया गर्ने नेपालका पहिलो र सम्भवत एक मात्र डाक्टर हुन् । कार्डियोभास्कुलर सर्जरीमा विद्यावारिधि गरेका उनलाई नयाँ प्रविधिमा काम गरेवापत सन् २०११ अक्टोबरमा पोर्चुगलमा आयोजित युरोपियन कांग्रेसमा ‘फ्रान्सिस फन्टान’ नामक अन्तर्राष्ट्रिय पुरस्कार समेत प्रदान गरिएको थियो ।

 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal