ताजा खबर

मन मोहोन अस्पतालको घटना छानबिन गर्न उच्च स्तरिय समिति गठन :

स्वास्थ्य मन्त्रालयले  प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ। 

अस्पतालले विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको पत्थरीको शल्यक्रियामा मिर्गौला झिकेको भन्दै बिरामी र उनका आफन्तले विरोध गर्दै न्याय पाउनुपर्ने माग राखेका छन्। 

मन्त्रालयका प्रमुख विशेषज्ञ डा पुष्पा चौधरीको संयोजकत्वमा सहसचिव सनत केसी, मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठ, उपसचिव भवनाथ खतिवडा, वीर अस्पतालका युरोलोजिष्ट डा अनिल श्रेष्ठ, मन्त्रालयका कानुन शाखाका उपसचिव शम्भु रेग्मी र शाखा अधिकृत रेवतीरमण शर्मा सदस्य रहेको समिति गठन गरेको हो। 

गत शुक्रबार व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरुले उक्त घटनाका बारेमा छानबिन आयोग गठन गरी प्रतिवेदन माग गरेपछि मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको मन्त्रालयले जनाएको छ। 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal