शुभकामना द्वारा रक्तदान :

 
 
पोखरा, ३ फागुन ।
 
       शुभकामना महिला विकास केन्द्र पोखराको १३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व मार्फत महिलाहरुको सशक्तिकरण गराउने उद्देश्यले स्थापना भएको केन्द्रले विविध सामाजिक रचनात्मक कृयाकलाप गर्दै आएको छ– अध्यक्ष भवानी माकाजुले बताइन् ।
 
       २८ जनाले रक्तदान गरेको कार्यक्रमको शुभारम्भमा पहिलो रक्तदाता पदम कुमार माकाजु र सविना श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गर्दै डा.निर्जला मल्लले समाजको विकासमा महिलाको भूमिकाले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
 
       कार्यक्रममा रक्त संचार केन्द्रका प्राविधिक अर्जुन ज्ञवालीले रक्तदान गर्दा स्वथ्य जीवनमा महत्वपूर्ण रहने बताए । केन्द्रका अध्यक्ष भवानी माकाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लहकार कृष्ण थापा, संस्थापक अध्यक्ष तीर्थ श्रेष्ठ, पूर्व अध्यक्ष राधिका थापा, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष गोमा सुवेदी, गोपालजी मन्दिरका अध्यक्ष सरन श्रेष्ठ, कार्यक्रम संयोजक रजनी श्रेष्ठ, सचिव मनलक्ष्मी कार्की लगायनले आ–आफ्नो धारणा राखेका थिए ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal