जनसरोकार मञ्चद्वारा प्रशासनको ध्यानाकर्षण :

पोखरा, २७ असार। जनसरोकार मञ्च कास्कीले मङ्गलबार कास्कीका प्रमुख जिल्ला अधिकारी एवं दैवी प्रकोप उद्वार समिति कास्कीका अध्यक्ष तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
      मञ्चका अध्यक्ष नवीन सिग्देलको नेतृत्वमा गएको टोलीले कास्कीमा बाढीपहिरोको जोेखिममा रहेका स्थान पहिचान गरी सतर्कता अपनाउन तर्फ ध्यानदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो।
       जनसरोकार मञ्च कास्कीको तर्फबाट संयोजक नवीन सिग्देलले ज्ञापन पत्र बुझाएका थिए।  
      मञ्चको तर्फबाट बाढीपहिरो प्रभावित परिवारलाई तत्काल राहत उपलव्ध गराउँन, उद्वारका लागि सवै निकायलाई तयारी अवस्थामा राख्न तथा बाढीपहिरो प्रभावितका लागि संकलित राहत एकद्वार प्रणालीबाट मात्रै वितरण गर्ने व्यवस्था मिलाउँन पनि ध्यानाकर्षण गराइएको छ।
      कतिपय अवस्थामा बाढिपहिरोपछि गर्नुपर्ने व्यवस्थापकीय कार्यहरु महत्वपूर्ण छन्, कतिपय अवस्थामा सतर्कता अपनाउँदा पनि मानवीय तथा भौतिक क्षति कम गर्न सकिन्छ ज्ञापनपत्र बुझाउँदै संयोजक सिग्देलले भने– ‘बाढिपहिरो पूर्व अपनाउँनु पर्ने सतर्कता र घटनापछि गर्नुपर्ने व्यवस्थापिक दुवै विषयमा ध्यानाकर्षण गराएका छौ।’
       ज्ञापनपत्रमा विपत्को व्यवस्थापनका लागि नागरिक समाज, सरकारी तथा गैह्रकारी संघसंस्थाको महत्वपूर्ण भुमिका रहने उल्लेखगर्दै समयमा नै प्रभावकारी रुपमा समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गरिएको छ।
      ज्ञापनपत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले दैवी प्रकोपबाट हुन सक्ने क्षति न्युनिकरण र अपनाउँनुपर्ने सावधानीका विषयमा नागरिक समाजले चासो दिएकोमा प्रशंसा गरे।
      उनले दैवी प्रकोप उद्वार समितिको बैठक नियमित बस्दै आइरहेको जानकारीदिदै सरकारी तथा सामाजिक संघसंस्थालाई तयारी अवस्थामा जुट्न निर्देशन दिइसकेको बताए।
       उनले खोज, उद्वार, पुर्ननिर्माण, पुर्नस्थापना जस्ता महत्वपूर्ण कार्य गर्नुपर्ने अवस्था आउँन सक्नेभन्दै ती कार्यलाई सघाउन स्वयंसेवक टोली बनाउन सहयोग गर्न आग्रह गरे।
      नागरिक स्तरबाट स्वयंसेवक टोली बनाउन सहयोग गर्नुस् उनले भने – ‘स्वयंसेवक टोलीलाई समेत तयारी अवस्थामा राख्ने तयारीमा छौं।’
      ज्ञापनपत्र बुझाउन पुगेको टोलीमा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदमराज पहारी, इन्सेक पश्चिमाञ्चल संयोजक शिव खकुरेल, अधिकारीकर्मी विष्णु अधिकारी, भुमि अधिकार मञ्च कास्कीका अध्यक्ष आशबहादुर गुरुङ, मानवीय स्रोत विकास केन्द्रका अनिल केसी, सिद्वार्थ क्लबका शुशील पराजुली र बाल तथा महिला शशक्तिकरण समाजका गोविन्द भट्टराई सहभागि थिए।  

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal