ताजा खबर

अदालतका कर्मचारी,सेवाग्राही सिसिटिभिको निगरानीमा :

 
पोखरा २७, असार
कास्की जिल्ला अदालतमा सिसिटिभि जडान गरिएको छ । अदालतमा पुग्ने सेवाग्राहीले प्राप्त गर्ने सेवा सुविधालाई छिटोछरितो रुपमा प्रदान गर्नका निमित्त सिसिटिभी जडान गरिएको अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपालले बताए । ‘अदालतमा १० थान सिसिटिभि क्यामेरा जडान गरी सेवाग्राही र कर्मचारीले गर्ने कार्यलाई निहाल्ने व्यवस्था गरिएको छ’ उनले भने । सिसिटिभि मार्फत अदालतका विभिन्न शाखाको अनुगमन स्रेस्तेदारले गर्ने भएको हुदाँ कुनै काममा ढिलासुस्ति र अनावश्यक झन्झट हुने कार्य पुर्ण रुपमा अन्त्य हुने स्रेस्तेदार नेपालको दावी छ ।
अदालतमा रहेको पाँचवटै मुद्दा फाँट, दायरी, अभिलेख, तहसिल, अदालतको मुख्य कपाउन्ड लगायतका ठाउँमा सिसिटिभि जडान गरिएको हो । सिसिटिभि क्यामेरा मार्फत हरेक फाँटमा भएका गतिविधिको निगरानी स्रेस्तेदार नेपालको कार्यकक्षबाट गरिनेछ ।
अदालतले प्रदान गर्ने सेवाप्रवाहका बारेमा सेवाग्रीका केहि गुनासा आए सिसिटिभी फुटेज हेरी तत्काल कारवाही गरिने उनले बताए । तत्कालै १० वटा सिसिटिभि यामेरा मार्फत निगरानी गरिएपनि निकट भविष्यमा सबै शाखा, फाँट  तथा इजलाशमा सिसिटिभि क्यामेरा जडान गरिने तयारी गरिएको उनले जनाए ।
 हालै कास्की जिल्ला अदालतमा हाप पेन्ट, जाँगे, मिनिस्कट, वानपिस लगायतका पहिरन लगाएर प्रवेश गर्न रोक लगाइएको थियो । सिसिटिभि जडान पश्चात यसमा समेत थप कडाइ गरिने उनले बताए । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal