ताजा खबर

हस्तकला तालिम सम्पन्न :

 
पोखरा, २७ असार
नेवा मिसा पुच वगरको आयोजनामा पोते तथा क्रिष्टलद्वारा निर्मीत हस्तकला तालीम सम्पन्न भएको छ । पोखरा लेखनाथ महानगरपालीका वडा नं. १ की अध्यक्ष श्रीमती शारदा पराजुलीले एक कार्यक्रम विच उद्घाटन गर्नुभएको तालिम स्वस्तीक हस्तकला उद्योग बागबजार भएको थियो ।
       मिसा पुच वगरकी अध्यक्ष मिना प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सामुदायीक प्रहरी सेवा केन्द्र कास्कीका पुर्व अध्यक्ष सीता गुरुङ्ग, सामुदायीक प्रहरी सेवा केन्द्र वगर की अध्यक्ष जिवन अधिकारी, नेवा कचा पुच वगरका अध्यक्ष श्री सुविन्द्र श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा प्रमुख अतिथी पोखरा लेखनाथ महानगर पालीका वडा नं. १ की अध्यक्ष शारदा पराजुलीले महिलाहरु आफ्नो घरको चुला चौकामा मात्र सिमित नरहि समाजमा रहेका विकृती विसंगतीलाई हटाउन भुमिका खेल्न पर्ने भन्दै यस्ता सिपमुलक तालिमबाट फुर्सदको समयमा आफ्नै घरभित्रका सजावट गर्न र आय आर्जन गर्न ठूलो भुमिका रहने हुनाले नेवा मिसा पुचले तालिम कार्यक्रम राखेकोमा खुशी व्यक्त गरे । आगामी दिनमा नेवा मिसा पुचले गर्ने यस्ता कार्यहरुमा वडाको अध्यक्षको तर्फबाट सहयोग गर्ने प्रतीवद्धता गरे ।
       १५ जनाको सहभागीता रहेको तालीम कार्यक्रममा नेवा मिसा पुच वगरकी सचीव श्रीमती रेखा ताम्राकारले संचालन गरेका थिए ।
 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal