ताजा खबर

बुढाबुढीको फेसबुकमा स्टाटस हेर्नुहोस बुढाबुढीको झगडा

 
पोखरा, २५ असार ।
पहिला पहिलाको भन्दा आजकाल बुडाबुढीको घर झगडा हुने शैली भिन्न देखिन्छ । पहिला घरमा हेपेको र सासु ससुराले दुख दिएको विषयमा झगडा हुने गर्दथ्यो तर अहिले टिभिमा आउने सिरियल र फेसबुकको विषयमा झगडा हुने गर्दछ । 
यस्तै विषयमा अहिले तिजका गितहरु आउने गरेका छन् । बुढाबुढीको बीचमा आजकल कस्तो विषयमा झगडा हुन्छ भन्ने कुरा थ्रिस्टार मिडियाले एउटा तिजको गित बजारमा ल्याएको छ । डिल्लीराम रेग्मी (सुजन) शब्द, टेक नारायण चापागाई (टिएनसी) को लयमा फेसबुकमा स्टाटस भन्ने तीजको गित अहिले बजारमा चर्चामा रहेको छ ।
संचारकर्मी नारायण भट्टराई र अनिता पन्त खनालको स्वरमा रहेको गितको एरेन्जर दिवान किनार रहेका छन् । 
गितको भिडियो स्याडो क्रियशनले निर्माण गरेको हो । गितमा शिशिर श्रेष्ठले निर्देशन, समिर थोकरले कोरीयोग्राफी, रेशम दर्लामीले छायांकन र प्रदीप दहालले सम्पादन गरेका हुन् । गितमा मिन खनाल र मालति घलेको अभिनय देख्न सकिन्छ ।
 

 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal