गुरुपूर्णिमा र असल शिक्षक:

अज्ञान तिमिरांधश्च ज्ञानांजनशलाकया चक्षुनमीलितम तस्मै श्री गुरवे नम: । सद्गुरुको कृपामा ईश्वरको साक्षात्कार सम्भव हुन्छ तर गुरु कृपाको अभावमा केही पनि सम्भव हुँदैन ।   नेपाल कैयौँ तपस्विका ज्ञानले सिञ्चित पृथ्वीतलको पुण्यभूमिको रुपमा चिनिने सुन्दर, सुरम्य शान्त देश अवस्य हो । यहाँ जन्मिएका जनक, बुद्ध, सीताजस्ता उदाहरणीय व्यक्तित्वसँग धार्मिक सहिष्णुभाव अनि मानवीय आचरण र आदर्श भावले रम्न पाएका छन् । शान्ति र अहिंसाले सत्कर्ममा प्रेरणा दिएको छ । हाम्रो देशलाई तपस्विको तपोभूमि र सिद्धभूमि भनिन्छ ।यहाँ शिक्षा र शैक्षिक सुधारका गौरवमय इतिहास छन् । यसर्थ महान् ऋषि महर्षिहरूको जन्मथलोको रुपमा पुराणहरूमा व्याख्या गरिएको छ । अलिकति गहिरिएर हेर्दा ज्ञानी र ज्ञानदाताको जन्मथलो रहेछ । अझै गर्वको कुरा यही भूमिमा चार वेदका ज्ञाता, व्याख्याता महर्षि व्यासजस्ता महान् ज्ञाताको जन्म भएको गौरवमय इतिहास पढ्न पाइन्छ । यसर्थ व्यासको जन्मदिन अर्थात् असार महिनाको शुक्ल पक्षको पूर्णिमालाई गुरुपूर्णिमाका रुपमा मनाउने गरिन्छ । त्यसैले गुरु पूर्णिमालाई व्यासजयन्ति पनि भनिन्छ । त्यसैले गुरुपूर्णिमालाई श्रद्धाका साथ मनाइन्छ, आफ्ना गुरुहरूलाई सम्मान गरिन्छ । तनहुँको दमौली आसपासमा माता सत्यवती र पिता परासर ऋषिका पुत्र व्यासको प्राज्ञिक खुबीमा जीवनको सार छ, जगत्को रहस्य छ, असल आदर्श ज्ञानको अथाह भण्डार छ । व्यास एक्लैले रचेको अभूतपूर्व ज्ञान सागरमा विश्व दर्शनले बुझेर बुझ्न गाह्रो, खोजेर जान्न गाह्रो तर जान्दा सर्वश्व भेट्छ । अतः वेद–वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी विश्वमै प्राचीन हिन्दू सनातन साहित्यलाई उजागर गर्ने खुबी भएका व्यासको गुरुत्वलाई चिन्नु सिङ्गो जीवनको बोध गर्नु हो । भागवत गीताको सारभित्र लुकेको रहस्य खोतल्नेले परमात्मामा साक्षात्कार गर्न पाउँछन् । मोक्षको ढोका खोल्छन् अनि परमानन्दको अनुभूति गर्छन् । गुरुपूजासँग कबिर जयन्तीको विषयलाई पनि जोडेर हेर्ने गरेको पाइन्छ । यसै दिनमा कबिरको जन्म भएको भन्ने जनविश्वास रहेको छ । कबिर वाणीमा अनन्य आत्मज्ञानका सारतत्व लुकेका छन्, जसलाई महापुरुषले दोहोर्‍याएर सर्वसाधारणमा प्रवाह गरिरहन्छन् । महर्षि व्यासको शुभजन्मोत्सवको रुपमा सदियौँदेखि मनाइँदै आइएको गुरुसम्बन्ध र शब्दशक्तिसँग ज्ञानको बहाव छ । वेद व्यास जसलाई स्वयम् भगवान् विष्णुको अवतार तथा अष्टचिरञ्जीवीमध्ये एक सम्मानित गुरुका पनि गुरुको स्थानमा राखेर हेरिन्छ । व्यासलाई कृष्ण द्वैपायन पनि भनेर चिनिन्छ । द्वैपायन नाम गरेको पर्वतमा तपस्या गर्दै जाँदा कालो भएका हुनाले उनलाई कृष्ण द्वैपायन भनिएको हो भन्ने गरिन्छ । व्यासलाई सबैले गुरु मान्ने आधार शिष्यबाट बनेको हो भनेर बुझ्न सकिन्छ । शिक्षा र दीक्षा दिने गुरुको शक्तिमा गुरुदेवो भवको भाव जागृत हुन्छ । ‘गिरति अज्ञानं इति गुरुः’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गराउने व्यक्तिलाई गुरुको संज्ञा दिइन्छ । आफूमा पूर्ण भई अरुलाई पथप्रदर्शन गर्नसक्ने खुबी गुरुमा हुन्छ । पूर्वीय प्राचीन परम्परालाई हेर्दा वशिष्ट ऋषि, व्यास महर्षि, वाल्मिकी या त द्रोणाचार्य आखिर सबै गुरुका स्थानमा उच्च रहे ।देवताका गुरु बृहस्पति तथा राक्षसका गुरु शुक्राचार्यको नाम उत्तिकै सम्मानित छ । भगवान् रामले गुरु आज्ञालाई शिरोधार्य गर्थे, भगवान कृष्ण पनि सान्दिपनि गुरुबाट दीक्षित थिए । पाण्डवजस्ता असल र सत्यवादीहरूले शत्रु बनेका कौरवको पक्षमा रहेर लड्ने गुरु द्रोणाचार्यलाई गरेको सम्मान शिष्यले गुरुको उच्च सम्मान गर्नुपर्ने दृष्टान्त रहेछन् । आखिर गुरु निगाहबाट सर्वसफलतालाई साकार पार्न सक्नेले ईश्वरको कृपा पाउँदो रहेछ । गुरुकै स्थानलाई नियाल्ने हो भने, राजा महाराजाहरूले राजगुरुलाई आपूmभन्दा माथिल्लो स्थानमा राखेर आज्ञा शिरोधार्य गरेका इतिहास धेरै पूराना होइनन् नै ।  अलिकति आजको युगसम्म आइपुग्दा गुरुकुल शिक्षामा परिवर्तन आयो । कति लाभदायक जीवनका आहारविहार, अनुशासन, औषधोपचार, मानवीय भाव छुटेका छन् । यद्यपि कसैले जानेर, बुझेर त कतिले अरुले गरेको देखेर भएपनि गुरुको आदर गर्न सिकेका छौँ । वास्तवमा अज्ञानता हटाउने महान् खुबी एउटा असल र सबल गुरुमा हुन्छ । गुरुसँग शिष्यको नाम गाँसिन्छ । साथमा गुरुपूर्णिमालाई ‘टिचर्स डे’ भन्न थालिएको छ । अतः गुरुलाई शिक्षक, प्रोफेसर, लेक्चर, टिचरको नाममा पुकार्ने गरिन्छ । यद्यपि भावगतजस्ता सारगर्वित आधारबाटनियाल्दा आज दिइएका ज्ञान र सिकाइभित्र जुन गुरु शक्ति र सामथ्र्य भाव हो त्योभन्दा फरक विषयवस्तुलाई आधुनिकतासँग जोडिन पुगे । यद्यपि यहाँ न त गुरु शक्तिका रहस्य रहे न त जीवन र जगतको वास्तविक रहस्य खोतलिए । यहाँ सिकाइएका दैनिक जीवनका ज्ञानमा गुरु शब्दसँगको व्यापकतालाई आंशिक जीवनको ज्ञानमा सीमित बनाउँदा भौतिकता नै सर्वेसर्वा बन्दै गएको छ । मानवीय जीवन र जगत्को रहस्यलेप्राचीन संस्कारका उपनाम पाएका छन् ।नैतिकताले मकाउँदै जाँदा गुरु शब्दसँग मानिसलाई घृणा लाग्ने गरेका यथार्थ हामी सामु बढ्दो क्रममै छन् । शाब्दिक रहस्य खोतल्दा‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश रहने गुरु शब्द आपैmँमा तेजिलो, सम्मानित र आदरभावमा सुसज्जित छ । कलिलो मस्तिष्कलाई कखरादेखि गहन सोचसँग जीवन र जगतको रहस्यसम्म पुगेर गुरुले सचेत रहस्य खोतल्छन्– चाहे इतिहास नामबाट हुन् या अत्याधुनिकताको उत्तरआधुनिक सोचबाट नै किन नहोस् । सनातन परम्पराबाट सिकिएको भावबोध होस् या त व्यावहारिक शिक्षा होस् आखिर गुरुको महिमा हरपल, हरक्षण उच्च स्थानमा रहेको पाइन्छ । ज्ञानको ज्योति छर्ने खुबी भएका निःस्वार्थी ज्ञानी व्यक्ति मात्रै गुरु हुन् । अतः एउटा असल गुरु शिक्षार्थीको मार्गदर्शक रहेछ, अनुकरणीय व्यक्तित्व रहेछ अनि सबल जीवन दाता रहेछ ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal