अन्तर व्यवसायी फुटसल प्रतियोगिताको उपाधि पोखरा टे«ेड मललाई

 
 
पोखरा २४, असार
अन्तर व्यवसायी फुटसल प्रतियोगिता २०७४ को उपाधि पोखरा टे«ेड मल व्यवसायी समितिले हात पारेको छ । पोखरा फुटसल एरिनामा शनिबार भएको फाईनल खेलमा पोखरा ट्रेड मलले बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनलाई टाईब्रेकरमा ३–१ को गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो ।
२०÷२० मिनेटको निर्धारित समयमा दुबै तर्फ दुई÷दुई गोल भए पछि खेल निर्णायकको लागि टाइब्रेकरमा धकेलिएको हो । खेलमा म्यान अफ दी म्याच पोखरा ट्रेड मलका सुमन गुरुङ घोषित भए ।
साँघुमुख महेन्द्रपुल बजार समितिको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा बुद्ध बिशाल बजारका राजु गुरुङ उत्कृष्ट खेलाडी घोषित भए भने पोखरा ट्रेड मलका सुविन श्रेष्ठले हाईस्कोररको उपाधि जिते । १८ टिमको सहभागिता रहेको प्रतियोगितामा पश्चिमाञ्चल अटो मोवाईल्स डिलर्स एशोसियसन अनुसासित टीम घोषित भएको प्रतियोगिता संयोजक मोतिराज तिमिल्सिनाले बताए । प्रतियोगिताका विजेताले १५ हजार, उपविजेताले १० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
विजयी खेलाडीहरुको टोलीलाई नेपाल उद्योग बाणिज्य संघ प्रदेश नम्बर ४ का संयोजक संजिव बहादुर कोईराला, समितिका सल्लाहकार नारायण प्रसाद कोईराला, समितिका अध्यक्ष रामेश्वर अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य संघ प्रदेश नम्बर ४ का संयोजक कोईरालाले अब विभिन्न व्यवसायीहरुले आफ्नो पहिचान आफै गर्नुपर्ने बताए । व्यवसायिलाइ उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गर्दै उनले कृषि क्रान्तिबाट देशको आर्थिक विकास हुने दाबी गरे । पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापाले यस्तो खेल गतिविधिले व्यवसायिक एकता कायम हुने विश्वास व्यक्त गरे । संस्थापक अध्यक्ष शिवप्रसाद बाँस्तोला, संयोजक मोतिराज तिमिल्सिना, बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष प्रदिप मुल्मी, सचिव सुर्य प्रसाद त्रिपाठी लगायले वोलेका थिए ।
पोखराको पुरानो बजार साँघुमुख महेन्द्रपुलको बजार प्रबद्र्धन गर्न पहिलो पटक उक्त प्रतियोगिता आयोजना भएको हो । उक्त प्रतियोगिताको प्रथम पुरस्कार प्रयोजक चेरिष्मा ईम्पोरियम न्यूरोड, पोखरा र दोश्रो पुरस्कार प्रयोजकमा सिद्धार्थ बैंक लिमिटेड चिप्लेढुंगा पोखरा रहेको थियो ।  

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal